शुक्रबार, बैशाख १८, २०८३

जनजाति अभियंता आङ्काजी शेर्पाको चेतावनी धैर्यताको बाँध नफूटोस

ललितपुर । नेपाल आदिवासी जनजाति महासंघका पुर्व महासचिव आङ्काजी शेर्पाले गणतन्त्र आइसके पछी पनि हिन्दु धर्मका चार्ड पर्वमा २०-२५ दिन राज्यले बिदा दिने गरेको तर आदिवासी समुदायहरुको साकेला उधौली, उभौली, ल्होसार, माघि, जितिया, मुश्लिमहरुका इद जस्ता चार्ड को बिदा कटौती गरेर आफुहरु माथि अपमान गरिएको र उक्त चार्ड मा बिदा पुनर्स्थापना नगरिए हत्यार लिएर सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।

फेसबुक लाइभ मा आफ्नो कुरा राख्दै शेर्पाले भनेका छन् मुलुक धर्मनिरपेक्ष भैसक्दा पनि आदिवासी समुदायहरु माथि राज्यले आफ्नो सस्कार सस्कृति खुल्लमखुल्ला मनाउन नदिई रहेको प्रति खेप प्रकट गर्दछौ, उनले भने आदिवासी जनजाति समुदायहरुले आफ्नो पितृ आत्माको शान्तिको लागि गोरु काटेर साकेला चार्ड मनाउन पाउनु पर्छ आज आदिवासी समुदायहरुलाई गोरुको मासु खाएको बहानामा १२ वर्षको जेल सजाय हुने त्यो अतिहिन्दुवादी कानुन अहिले सम्म संशोधन हुन सकेको छैन त्यसकारण म चुनौती दिन चाहन्छु १९१० सालको मुलुकी ऐन खारेजी नभए आदिवासी समुदायले जलाएर खरानी बनाउने छ ।

कुनै दिन यस्तो नआओस आदिवासी समुदायले आहार को रुपमा गोरु काटेर २०२५ हजारको जमातमा उत्सव बनाउन नपरोस शेर्पाका अनुसार ठिक छ हिन्दुहरुले गाई गोरुको मासु खाएमा ३० वर्ष जेल होस् हामीहरुलाई कुनै आपति छैन तर जसले आफ्नो धर्म हिन्दु लेखेको छैन भने उनीहरु माथि यो प्रतिबन्ध लाउनु हुन्न, हिन्दुहरुले उसको पितृ आत्मा शान्तिको लागि गाईको पुच्छरमा जनाई बाधेरा उसको पितृ आत्मालाई वैतरणी तार्न सक्छन् भने आदिवासी समुदायहरुले आफ्नो पितृ आत्माको शान्ति लागि गोरु किन काट्न नपाउने ?

आदिवासी जनजाती अभियानता समेत रहेका शेर्पाले यतिवेला बेदेशी डलर लिएर प्रदेश हरुलाई अधिकार बिहिन पहिचान बिहिन स्वशासन बिहिन बनाएर संघियता खारेजी गर्ने षडयन्त्रमा शासक हरु लागि परेको आरोप समेत लागेका छन् ।

उनले भने यतिवेला कांग्रेस को महासमिति बैठकमा महामन्त्री शेखर कोइरालाले नेपाललाई हिन्दु राज्य बनाउने प्रस्ताव ल्याउन खोजेको सुन्दैछु म आदिवासी कांग्रेसी मित्रहरुलाई आग्रह गर्न चाहन्छु यदि महासमिति बैठकमा कोइरालाले यो प्रस्ताव राखे भने तपाईहरु सवैले शेखर कोइरालालाई कालो मसो दलेर बाहिरा निकाल्ने शक्ति तपाईहरुमा हुनु पर्छ ।