बिहिबार, बैशाख ०३, २०८३

एनआरएनएले आठौं राष्ट्रिय खेलकुदमा सहभागीता जनाउने

http://japanremit.com/
जापान । आगामी २०७५ माघको २५ देखि फागुन ३ गते सम्म हुन गैरहेको आठौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघ(एनआरएनए)को टोलीले सहभागी जनाउने भएको छ ।
राष्ट्रिय खेलकुद परिषदले ७ ओटा प्रदेश ३ ओटा विभागीय टिम र एसपटकबाट एनआरएनएको टिम गरि ११ ओटा टिमलाइ सहभागी गराउने निर्णय गरेको छ।
बिश्वका बिकशित देशहरुले खेलकुदको माध्यमबाट आफ्नो देशको आर्थिक विकास गरिरहेको र खेलकुद क्षेत्रले बिश्वको आर्थिक मेरुदण्डको हिस्सा ओगटी रहेको अबस्थामा नेपालले पनी खेलकुद क्षेत्रको विकास र विदेशमा रहेका नेपाली खेलाडीलाइ समेत समेट्दै प्रबास रहेका करिब ५० लाख नेपालीको प्रतिनिधित्व हुने गरी गैरआवासीय नेपाली खेलाडीको पक्षमा न्याय गरेको र यो अवसरलाई एनआरएनए जापानले आफ्नो तर्फ बाट सम्भब भए अनुसार धेरै क्षेत्रमा सहभागी जनाउने जापानका अध्यक्ष टासी वाङ्दी लामाले बताउनु भयो ।
राष्ट्रिय खेलकुद परिषदको पछिल्लो तथ्यांक अनुसार खेल क्षेत्रमा सम्भाबना बोकेका खेलाडीहरु अध्ययन, रोजगार लगायतक अवसरको खोजीमा विदेश पलायन हुनेहरुको संख्या बढी भएको र लामो समय प्रबासमा रहेका नेपाली खेलाडी तथा प्रबासमा नै जन्मिएका प्रतिभाशालि युबा पुस्ताका खेलाडीहरुलाई समेत अवसर दिएर खेल क्षेत्रलाइ अझै लोकप्रियता र व्यापक बनाउने उद्देश्यले एस पटकबाट गैरआवासीय नेपाली संघले सबै ७९ देशका एनसीसीबाट खेलाडी छनौट गरि पठाउने परिपत्र आएकाले उल्लेखित खेल शिर्षकमा प्रदर्शन गर्न को लागी एनआरएनए जापानले पनि खेलाडी छनौट गरी पठाउने भएकाले डिसेम्बर ३० तारिक भित्र जापानमा रहेका नेपाल जापान फूटबल संघ , नेपाल जापान भलिबल संघ लागएतका सम्बन्धित विधाका खेलाडीले बायोडाटा सहित सम्पर्क गर्नका लागी सबैमा आब्व्हान गरेको एनआरएनए जापानका प्रबक्ता परशुराम बस्नेतले जानकारी गराउनु भयो ।

आठौं राष्ट्रिय खेलकुदमा समाबेश ३५ विधाहरु तपशिल बमोजीम रहेका छन।
१. फुटबल म /पु २ .एथलेटिक ३ .बक्सिङ्ग ४ .भारत्तोलन ५ .टेबल टेनिस ६ .क्रिकेट म / पु ७ .लन टेनिस ८ .पौडी ९ .सुटिंग १०. भलिबल म /पु ११. स्क्वास १२. तेक्वान्दो १३ .जुडो १४ .आर्चरी १५ .कबर्दी म /पु १६. खो खो म /पु १७ .ऊसु १८. बास्केटबल म /पु १९. ब्याडमिन्टन २०. साइक्लिङ्ग २१ .कराते २२ .कुस्ती २३ .फेन्सिंग २४. ट्रायथलन २५. प्याराग्लाइग्डिंग २६. गल्फ २७. ह्यान्डबल २८. बुद्धिचाल २९. सफ्टटेनिस ३०. आइ . टि. एफ .तेक्वान्दो ३१. सेपाकताक्र्रो ३२. जिम्न्यास्टिक ३३. शारीरिक सुगठन ३४, फुल कन्ट्याक्ट कराते ३५ .हक्की उल्लेखित खेल विधामा आफुले उत्कृस्ट पर्दशन गर्न सक्ने खेलाडीले आफ्नो खेलको विधा खुलाई उक्त खेलमा यस अघि पर्दशन गरेको र प्राप्त गरेको उपलब्धि सहितको परिचय विवरण आफ्नो देशको एनसीसीले संकलन गरी संघको खेलकुद समितिमा पठाउनु पर्ने र एनसीसीबाट खेलाडीको विवरण प्राप्त भएपछी गैरआवासीय नेपाली संघको आइसीसी खेलकुद समितिले अन्तिम नामावली तयार पार्दै आठौं राष्ट्रिय खेलकुदमा यो पटक बाट एनआरएनएले आफ्नो अफिसियल टिमलाइ आफ्नो परिचय कार्ड सहित सहभागी गराउने एनआरएनए आइसीसी युबा संयोजक तथा आठौं राष्ट्रिय खेलकुद संयोजक सुदन थापाले बताउनु भयो ।