शुक्रबार, बैशाख १८, २०८३

थामी समुदायले सामुहिक रुपमा भुम्या पर्व मनाउँदै

बिकेस थामी,काठमाण्डौ । थामी समुदायको आफ्नो सस्कृति,भाषा र सास्कृतिक पहिरन जिबन्त राख्न गतबर्षबाट सामुहिक रास्ट्रीय भुम्या पर्व मनाउन सुरु गरेका छन् । प्रत्येक बर्षको मंसिर पूर्णिमाको तिथिमा मनाइने यो पर्व यस बर्ष भने आगामी पौष ७ गते पर्न गएको छ । त्यसैको निरन्तरतामा यसबर्ष पनि सामुहिक भुम्या पर्व मनाउनका लागि भब्य तयारी भैरहेको नेपाल थामी समाजका अध्यक्ष सुखबिर थामीले बताउनुभयो ।
त्यसैगरी यसवर्ष थामी समुदायले सामुहिक रुपमा मनाउने भुम्या पुजा समारोहमा प्रमुख अतिथि युगपुरुष सस्कृतिविद्ध डा.सत्यमोहन जोशीलाई निमन्त्रणा गरिएको छ । कम्तिमा ४ जिल्लाको थामी झाक्रिहरुको उपस्थितिसँगै देशभरबाट राजधानीमा स्थायी वा अस्थायी बसोबास गर्नुहुने हजारौको उपस्थितिमा भुम्या पुजा गरिने र भुम्याको प्रसाद ग्रहण गरी आशिर्वाद लिइने कार्यक्रम रहेको अध्यक्ष थामीले जनाउनुभएको छ ।
राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रशारणको तयारी समेत गरिएको यस कार्यक्रममा थामी संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम पनि गरिने ब्यवस्थापन संयोजक नेपाल थामी बिद्यार्थी संघका अध्यक्ष सपना थामीले बताउनुभयो । यो बृहत राष्ट्रिय भुम्या (उधौली) पुजा सामारोह – २०७५ मा थामी समुदाय सम्बद्ध सबै सस्थाहरुको सामुहिक आयोजनामा हुन लागेको पनि जानकारी दिनुभयो । राज्यले पनि यस्ता लोपोन्मुख समुदायको संस्कार र संस्कृतिको विकास र संरक्षणमा ध्यान दिनुपर्ने बताउदै आदिवासी अभियन्ता समेत रहेकी अध्यक्ष थामीले देशभर नै थामीहरूले संयुक्त रुपमा विभिन्न कार्यक्रम गरि भुम्या पर्व धुमधामका साथ मनाउन लागिएको बताउनुभयो
नेपालका ५९ आदिवासी समुदायमध्ये थामी समुदाय पनि एक हो । आफ्नो मातृ भाषामा थाङमी भनेर चिनिने यो समुदायको मुख्य आदिम भूमि ३ नं प्रदेशको दोलखा हो । हाल देशभर र भारतको दार्जलिङ, कालिङपोङसम्म फैलिएको थामी समुदाय दोलखा जिल्लाको राङराङथलीलाई थाङमीहरूको प्रमुख किपट थलोको रूपमा मानिएको छ । थामी समुदायको महिला र पुरुषको समानान्तर थर हुनु थाङमी जातिको मौलिक विशेषता हो । अर्थात् थाङमी महिला र पुरुषको पहिचानका छुट्टछुट्टै थरहरू रहेका हुन्छन् । जुन थर आमाको छोरीमा बाबुको छोरामा प्रसारित हुन्छ । घरमुलीको रूपमा महिलालाई मानिनुले पनि थाङमीमा लैङ्गिक विभेद नरहेको पाइन्छ ।
http://japanremit.com/