शुक्रबार, बैशाख १८, २०८३

देशलाई समृद्ध बनाउन अभियान चलाउँछौं : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले देशलाई समृद्ध बनाउन अभियानात्मक रुपले अघि बढ्न बताएका छन् ।

विहिवार चितवन पारस नगरमा सहीद स्मृति माबिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रंचण्डले भने, ‘अहिले बसिरहेको हाम्रो पार्टीको स्थायी समिति बैठकमा दुई महिना तुरुन्तै अभियान चलाउने र देशभरी जनतालाई र पार्टीका नेता तथा कार्यकर्तालाई साथै अन्य राजनीतिक दलहरुलाई पनि समृद्धिको यात्रामा सँगसँगै सहभागी गराउने तिर योजना बनाउँदै छौं ।
पूर्वप्रधानमनत्री समेत रहेका अध्यक्ष प्रचण्डले विद्यालय शिक्षा बेरोजगार पैदा गर्ने नहोस् भनेर सरकारले प्राविधिक र व्यवसायिक शिक्षालाई प्राथमिकता दिदै जाने प्रक्रियामा रहेको बताए ।

पछिल्लो समय सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने भएको भन्दै अध्यक्ष प्रचण्डले खुसी व्यक्त गरेका थिए ।