शुक्रबार, बैशाख १८, २०८३

पत्रकार महासंघको राष्ट्रिय भेला सुरु,प्रेस स्वतन्त्रताको पक्षमा गम्भीर छलफल

विराटनगर । नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला सुरु भएको छ ।
बिहिबार विराटनगरमा पत्रकार महासंघको भेलालाई प्रदेश नम्बर १ का मुख्यमन्त्री एवं पूर्व संचारमन्त्री शेरधन राईले भेलाको उद्घाटन गरेका छन् ।

भेलामा केन्द्रीय समितिसंगसंगै हरेक जिल्ला, प्रदेश, प्रतिष्ठान लगायतका अध्यक्षहरु आवद्ध तीन सय पत्रकारहरु भेला भएका छन् ।
भेलामा पत्रकार महासंघको प्रेस स्वतन्त्रताबारेको रणनीतिक समीक्षा हुने केन्द्रीय महासचिव रमेश विष्टले बताए ।

त्यसैगरी संगठन एवं विधानको सुझाव संकलन तथा कानुन निर्माणका क्रममा प्रेस स्वतन्त्रताबारे भएका निर्णयहरुलाई कसरी अगाडि बढाउने भन्नेबारेसमेत गम्भीर छलफल हुने महासंघले जनाएको छ ।

भेलामा प्रत्यक्ष निर्वाचनमा जाने सम्वन्धमा समेत छलफल हुने बताइएको छ । भेलामा पत्रकारहरुको हकहित संगै न्यूनतम पारिश्रमिक बारेसमेत चर्को बहस हुने बुझिएको छ ।

भेलाले विराटनगर घोषणापत्र जारी गर्ने आम पत्रकारको हकहितको गम्भीर छलफल हुने महासंघले जनाएको छ ।