बिहिबार, बैशाख १३, २०८१

ओली नेतृत्व सरकारले फेरि घटायो पेट्रोलिय पदार्थको मूल्य

काठमाडाैँ । सरकारले पेट्रोलिय पदार्थको मूल्य समायोजन गरेको छ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य अाजरातिबाट लागू हुने गरी समायोजन गरेको हो ।
निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य घटाएको छ । निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो । मूल्य घटेपछि एक लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ।