शुक्रबार, बैशाख १८, २०८३

हिन्दू राष्ट्रको लागि राप्रपाले कांग्रेससँग सहकार्य गर्ने

भरतपुर । राप्रपाका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि नेपाली कांग्रेससँग सहकार्य हुने बताएका छन् ।

बुधबार भरतपुरमा आयोजित कार्यक्रममा थापाले भने, ‘कांग्रेसका केही नेताहरुले पनि हिन्दू धर्मको विषयमा वकालत गर्दै आएकोले धर्मको विषयमा सहकार्य गरेर अघि बढ्न सकिन्छ ।’

कांग्रेसका महामन्त्री डा शसांक कोइरालाले केही दिनअघि नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने कुरा सार्वजनिक रुपमै बताएका थिए ।

यही २८ मंसिरदेखि हुने कांग्रेस महासमितिको बैठकमा हिन्दू धर्म र हिन्दू राष्ट्रको विषयले समेत प्रवेश पाउने बताइएको छ ।

कांग्रेसका नेताहरुले समेत हिन्दू राष्ट्रको वकालत गर्न थालेपछि हिन्दू राष्ट्र र राजतन्त्रलाई नै मुख्य एजेण्डा बनाउँदै आएका राप्रपा र कमल थापालाई भने बल पुगेको छ ।

मुलुक धर्मनिरपेक्ष राज्य भइसकेको भए पनि उनले हाल हिन्दू राष्ट्र पुनःस्थापनका लागि पहल गरिरहेका छन् ।

उनले दोस्रो जनआन्दोलनपछि योजनावद्ध तरिकाले हिन्दू धर्म मास्ने काम भइरहेको जिकिर गरेका छन् ।
जबरजस्ती धर्म परिवर्तनले संविधानमा भएको धर्मनिरपेक्षताका उपहास भएको छ,’ उनले भने, ‘अर्कोतिर सनातन हिन्दू धर्ममा आस्था राख्ने नेपालीहरुलाई चुनौती पनि दिइरहेको छ ।