शुक्रबार, बैशाख १८, २०८३

साना किसानहरुको ऋण मिनाहा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाहा गरिदिएको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्दै आफैले तिर्ने निर्णय गरेको हो । सरकारले किसानलाई राहत दिनका लागि गएको सोमबार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो ।

मन्त्रीपरिषद्का निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताउनु भयो । कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी रहेको अनुमान गरिएको छ ।

यसैगरी सरकारले २ सय रुपैयाँ दरको माथीका भारतीय नोट (आईसी) नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् ।