शुक्रबार, बैशाख ०७, २०८१

पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको तयारी तीब्र

विराटनगर । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा आगामी पुस ४ र ५ गते विराटनगरमा हुने राष्ट्रिय सम्मेलन व्यवस्थित र भव्यताको साथ सम्पन्न गर्न विभिन्न उपसमिति गठन भएको छ ।

विराटनगरमा मंगलबार बसेको व्यवस्थापन समितिको बैठकले राष्ट्रिय सम्मेलन सफल गर्न विभिन्न उपसमिति गठन गरेको महासंघ प्रदेश समितिका महासचिब विवेक गौतमले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । बैठकले सम्मेलन व्यवस्थित र भव्यताको साथ सम्पन्न गर्न केन्द्रीय समिति, प्रदेश समिति र प्रदेश मातहतका सबै शाखा समितिहरु परिचालित हुने निर्णय गरेको छ ।

त्यस्तै सम्मेलनलाई सफल पार्न आ-आफ्नो ठाउँबाट योगदान गर्न पत्रकार महासंघका सबै शाखा, साधारण सदस्य तथा पत्रकारका संघ संगठन र सहयोगीहरुलाई आह्वानसमेत गरिएको छ । सम्मेलन सफल बनाउन महासंघ प्रदेश समितिका महासचिब विवेक गौतमको संयोजकत्वमा आवास तथा भोजन व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

समितिमा ब्रम्हदेव यादव, कुमोद अधिकारी, अर्जुनकुमार आचार्य, रामचन्द्र अधिकारी, सुदिप कोइराला, कुमार लुईटेल, विनोद सुवेदी, गोकुल पराजुली, सत्यनारायण शर्मा, सञ्जीव खनाल, सुवास कार्कीलगायत रहेका छन् ।

बैठकले महासंघ मोरङ शाखा अध्यक्ष बन्धु पोखरेल संयोजक र सुनसरी शाखा अध्यक्ष अमर खड्का सह–संयोजक रहेको अतिथि सत्कार उपसमिति गठन गरेको छ । यस्तै प्रदेश समिति सदस्य तिलकुमारी शर्मा संयोजक रहेको स्वास्थ्य उपसमितिमा नबराज कट्टेल र शुशिला पाठक सदस्य छन् ।
सम्मेलनको लागि प्रदेश समितिका कोषाध्यक्ष अम्बिका भण्डारीको संयोजकत्वमा मोरङ शाखा कोषाध्यक्ष सन्तोष सिग्देल, सुनसरी शाखा कोषाध्यक्ष गोविन्द बस्नेत र झापा शाखा कोषाध्यक्ष इश्वर अधिकारी रहेको आर्थिक समिति तथा प्रदेश समिति सचिब बुद्धबीर राईको संयोजकत्वमा मोरङ सचिब अर्जुनकुमार आचार्य, सुनसरी सचिब हिमाल दाहाल र झापा सचिब सन्तोष आचार्य रहेको रजिष्ट्रेशन उपसमिति गठन गरेको छ ।
यसैगरी अग्रज पत्रकार यज्ञ शर्माको संयोजकत्वमा कौशल चेम्जोङ, सञ्जयसन्तोषी राई, हर्ष सुब्बा, चन्द्र भण्डारी, किशोरकुमार कार्की, मोहन काजी, सिद्धराज राई, गणेश पोखरेल, गणेश लम्साल, निलिफा सुब्बा, मोहन भण्डारी, शिवबहादुर कार्की, दिपक दाहाल, बिक्रम निरौला, महेन्द्र विष्ट रहेको परामर्शं समिति गठन गरिएको छ ।

बैठकमा महासंघका केन्द्रीय सचिब रमेश विष्ट, केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, न्युनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीको उपस्थिति रहेको थियो ।

पत्रकार महासंघका देशैभरका प्रदेश अध्यक्ष, महासचिब र शाखा अध्यक्षहरुको सहभागितामा राष्ट्रिय सम्मेलन हुन लागेको हो ।