सहुलियत कर्जा सम्बन्धि छलफल उपलब्धिमुलक : ढुंगेल

काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले सहुलियत कर्जा सम्बन्धि छलफल उपलब्धिमुलक रहेको बताउनु भएको छ ।
नेकपाका युवा नेता ढुंगेलले सहुलियत कर्जा सम्बन्धि छलफल उपलब्धिमूलक रहेको बताउनु भयो ।

सोमवार राष्ट्रिय युवा परिषदको पहलमा आज युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ का विशेषता र यसको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरुको अन्तरक्रिया उपलब्धिमूलक रहेको बताउनु भयो ।
राष्ट्रिय युवा परिषदको पहलमा आज युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ का विशेषता र यसको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा युवा उद्यमीहरुका गुनासाहरुलाई सम्बोधन र सहजता ल्याउन सरोकारवालाहरुको संयुक्त बैठक तथा अन्तरक्रिया सम्पन्न भयो ।
नेपाली युवालाई स्वदेशमा नै उद्यमशिल तथा स्वरोजगार बनाउई समृद्ध नेपाल र सुखी नेपालीको नारालाई व्यवहारमा उतार्ने उद्देश्यले नेपाल सरकारले उक्त कार्यविधि २०७५ भाद्र २१ गते मन्त्रिपरिषदबाट स्वीकृत अर्थमन्त्रालय मार्फत कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकमा पठाएको थियो । नेपाल राष्ट्र बैंकले आवश्यक तयारीका साथ यसको कार्यन्वयनका लागि मिति २०७५ कार्तिक २० गते नेपालका क ख ग र घ वर्गका बैंकहरु तथा लघुवित्त संस्थाहरुका नाममा निर्देशात्मक आदेश जारी गरेको थियो ।
तर बैंकहरुले यस सम्बन्धमा युवा उद्यमीहरुको चाहना बमोजिम तदारुकता नदेखाए पछि युवाहरुको संपर्क बिन्दुको रुपमा रहेको निकाय राष्ट्रिय युवा परिषदमा संपर्क गरे र यसको सहजीकरण गरिदिन आग्रह गरे ।

– कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. प्रेम दङ्गाल युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा सहसचिव गणेश प्रसाद पाण्डेय नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी अर्थमन्त्रालयका कर्जा विभाग हेर्ने सहसचिव उत्तरकुमार खत्री वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका प्रतिनिधि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि स्वरोगार कोषका कार्यकारी निर्देशक युवा परिषदका प्रशासकीय प्रमुख रिटर्नि माइग्रेन्टका संयोजक उत्तम अधिकारी लगायतका पदाधिकारीहरु युवा प्रतिभा तथा उद्यमी सञ्जालका सचिव ताराबहादुर स्याङ्ताङ लगायत युवा उद्यमीहरु सञ्चारकर्मीहरु तथा मन्त्रालय र परिषदका उपसचिव लगायत अन्य कर्मचारीहरु गरी करीब ५५ जनाको उपस्थिति रहेको थियो । – शुरुमा उक्त कार्यविधिको व्यवस्था र युवा उद्यमीहरुले हाल भोग्नुपरेका समस्या र केही अस्पष्टताहरुका बारेमा गुनासो तथा सुझाव राखेका थिए ।
– अर्थमन्त्रालयका सहसचिवले कार्यविधि जारी गर्नुपर्ने अवस्थाको पृष्ठभूमि र यसको लक्ष्य र उद्देश्य बारेमा स्पष्ट पार्नुभएको थियो । पहिलो प्रयास भएकोले युवाको माग र आवश्यकता बमोजिम कार्यविधि परिमार्जन पनि हुनसक्ने बताउनुभयो । पहिला कार्यान्वयनमा जाऔं भनी युवाहरुलाई आग्रह गर्नुभयो ।
– रिटर्नी माइग्रेन्टका तर्फबाट उहाँहरुले चाहनुभएको Large Scale को व्यवासाय तथा व्यापक रोजगारी सिर्जना तथा देशको समृद्धिका लागि उहाँहरुको योजनाका वारेमा वताउनुभएको थियो । – युवा उदयमी सञ्जालका युवाहरुले बैंकमा ऋण लिन जाँदा भोग्नुपरेका समस्या र प्रक्रियागत झण्झटहरुका वारेमा व्याख्या गर्नुभएको थियो।
– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरले कार्यविधिको बुँदागत रुपमा व्याख्या र अस्पष्टताहरुका वारेमा स्पष्ट पार्दे युवाहरुलाइ ढुक्क भएर परियोजना प्रस्ताब लिएर बैंकमा कर्जाका लागि जान अनुरोध गर्नुभयो । उहाँले बैकहरुको चासो र चिन्तालाई नेपाल राष्ट्र बैंकले सम्बोधन गरिसकेको र युवाका उद्यम प्रस्तावहरुको प्रतिक्षामा रहेको कुरा स्पष्ट पार्नुभयो । जतिपनि प्रक्रिया अघि बढेका छन् ती सबै नेराबैंक र बैंकर्स एशोशियशनका प्रतिनिधिहरु बसेर सर्वसम्मत निर्णयका साथ अघि बढेको र थप सहजीकरण गर्नुपर्ने अवस्था आएमा सोको लागि पनि नेराबैंक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले यो कर्जा प्रवाह गर्ने प्रक्रिया शुरु भैसकेको कुरा बताउँदै उहाँले छिटो भन्दा छिटो आवश्यक कागजात र परियोजना प्रस्ताव तयार गरी बैंकहरुमा जान र केही समस्या आए आँफूलाई भन्न पनि आग्रह गर्नुभयो ।
– युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्षले युवाको गुनासो व्यापक आउने गरेको र आगामी दिनमा ती गुनासो र माग हरुलाई सम्बोधन गर्ने गरी सरोकारवाला समेतको सहभागितामा यस्ता कार्यविधिहरु निर्माण गर्न सुझाव दिनुभयो । – कार्यक्रमको अन्तमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष श्री माधव ढुङ्गेलले युवाको चासो र चिन्ताको विषय भएकोले यसलाई समयमा नै सम्बोधन गर्नुपर्छ भन्ने दायित्वबोध गरी परिषदले यस कार्यक्रमको आयोजना गरेको वताउनुभयो । उहाँले परिषदको आमन्त्रणमा उपस्थित संपूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिंदै आगामी दिनमा पनि परिषदले युवालाई परामर्श दिने उनीहरुलाई उद्यमशिल र स्वरोजगार बनाउने विद्यमान कानूनी र प्रक्रियागत झण्झटहरुलाई न्यूनीकरण गर्ने तथा राष्ट्र निर्माणको महान अभियानमा युवाको सार्थक परिचालन गर्ने हरेक अभियानको नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुँदै नेपाल सरकारले शुरु गरेको यस अत्यन्त लोकप्रिय र स्वगतयोग्य युवालक्षित कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वय गर्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय अभियानमा सबैको साथ र सहयोगका लागि आह्वान समेत गर्नुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: