शनिबार, बैशाख ०८, २०८१

गैरआवासीय नेपाली संघ छैठौ एशिया प्रशान्त क्षेत्रीय भेला १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

हङकङ । गैरआवासीय नेपाली संघ छैठौ एशिया प्रशान्त क्षेत्रीय बैठक र पहिलो महिला भेला १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघको दुई दिने एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम महिला भेलाले विभिन्न विषयमा १५ बुँदे घोषणापत्र जारी गर्दै सकाएको हो ।

घोषणापत्र :-

माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको प्रमुख आतिथ्यतामा ‘समृद्ध नेपालका लागि लगानी र रोजगार : दायित्व सहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने मूल नाराका साथ १८ देशका ३ सय प्रतिनिधि सहित विभिन्न व्यक्तित्वहरुको सहभागितामा गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रीय छैठौं बैठक डिसेम्बर ९, २०१८ का दिन हङकङमा सम्पन्न भयो । माननीय परराष्ट्र मन्त्रीको कार्य व्यवस्तताका कारण आपूm उपस्थिति हुन नसकेता पनि उहाँले पठाउनु भएको सन्देश हङकङका महावाणिज्यदूत कमलप्रसाद भट्टराईले पढेर सुनाउनु भयो । संघका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षक, पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा सम्पन्न यस बैठकका निर्णयहरुः

१. गैरआवासीय नेपालीहरुको संयुक्त पहलमा हुने विभिन्न साना तथा मभ्mयौंला लगानीहरुलाई प्रोत्साहन गरी भावानात्मक र व्यवसायिक रुपमा प्रबद्र्धन गर्न र कानुनी सरलता र सहजिकरणका लागि नेपाल सरकारलाई अनुरोध गर्दछ ।

२. वैदेशिक रोजगारबाट विभिन्न ज्ञान, सीप र प्रविधि सिकेर फर्किएका नेपालीहरुलाई आर्थिक सहयोग पुर्याई मुलुकको समृद्धिलाई सहयोग गर्न २० करोडको पुंजीको लगानीमा एनआरएन लघुवित्त संस्था खोलिने छ ।

३. म्याग्दी जिल्लाको कुईने मंगले गाउंपालिका अन्तर्गत पर्ने ठूलो खोलामा ३५४ मिटर हेड भएको मध्यम स्तरको जलविद्युत आयोजना सम्पन्न गर्न नेपालभित्र र गैरआवासीय नेपालीहरुको संयुक्त पहलमा उर्जा कम्पनी खडा भईसकेको छ । आर्थिक रुपमा अत्यन्त आकर्षित सो आयोजनामा संसार भरीका गैरआवासीय नेपालीहरुलाई संयुक्त लगानीमा साझेदारी गर्न बैठक आव्हान गर्दछ ।

४. नेपाल सरकारसंगको सहकार्यमा १०० मिलियन डलरको ःगतगब िक्ष्लखभकतmभलत ख्भजष्अभि खडा गरेर साना तथा ठूला लगानी गर्न सक्ने सबै नेपालीहरुलाई लगानी गर्ने वातावरण बनाई देशको पूर्वाधार निर्माणमा लगानी गर्ने निर्णय गर्दछ ।

५. नेपालको ऐतिहासिक महत्व राख्ने सिन्धुलिगढी परियोजनाका लागि नेपाल सरकार र स्थानीय सरकारसंग पहल गरी साझेदारी मोडेलमा विकास गर्न पहल गर्ने निर्णय गर्दछ ।

६. नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शसंग सहकार्य गरेर विश्वका २० विकसित देशहरुसंग आर्थिक विकास सम्झौता द्वैध कर निषेध सम्झौता विप्पा सम्झौता गराउँने पहल गर्ने निर्णय गर्दछ ।

७. गैरआवासीय नेपाली संघको संलग्नतामा खडा भएको उज्यालो नेपाल फाउण्डेशन मार्पmत देशमा १ करोड पुराना चिमबत्तीलाई आधुनिक एलईडीमा परिवर्तन गरी ३०० मेगावाट किफायत गराउँने परियोजनालाई अगाडि बढाउने निर्णय गरियो ।

८. ६० प्रतिशत नेपालीहरु संलग्न भई देशको ३५ प्रतिशत न्म्ए धानिरहेको कृषि क्षेत्रलाई आधुनिक कृषिमा परिवर्तन गर्नको लागि विदेशमा सिकेको कृषि सम्बन्धि सीपलाई नेपालमा भित्र्याई आधुनिक कृषि क्षेत्रका परियोजनाहरुलाई अगाडि बढाउने निर्णय गर्दछ ।

९. संविधानको धारा २९१ ले कुनै देशको स्थायी बसोबासको अनुमति लिएर बसिरहेका नेपाली नागरिकको मौलिक अधिकारलाई कटौति गरेको छ । हङकङ लगायत कतिपय मुलुकमा स्थायी बसोबास अनुमति प्राप्त भएपछि चाहेर पनि परित्याग गर्ने कुनै प्रावधान नभएकोले स्वदेश फिर्ता भएर नेपाली नागरिकका रुपमा मौलिक हकको उपभोग गर्न नपाइने अवस्था भएकोले संविधानको धारा २९१ को खारेजी गर्न नेपालका सबै राजनीतिक दल र संघीय संसदलाई अनुरोध गर्दछ ।

१०. गैरआवासीय नेपाली नागरिकता उपलब्ध गराउँन संविधानमा व्यवस्था भएकोलाई यो बैठक स्वागत गर्दै अब बन्ने कानुन र ऐनमा नेपाली नागरिक सरहको अधिकार सुनिश्चित गर्न यो बैठक आग्रह गर्दछ ।

११. गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यहरुको प्रसंसा गर्दै महिलाहरुको उद्यमशीलता विकास तथा लगानी अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने र महिलाहरुलाई लगानीका क्षेत्रमा अघि बढाउने, महिला फोरमको सकृयतामा गत वर्षबाट शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय समन्वय परिषद्मा यथा सम्भव महिला सहभागिता सुनिश्चित गराउँने निर्णय गर्दछ ।

१२. एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै देशको सर्वांगीण विकासमा हातेमालो गर्न सरोकार व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्ने निर्णय गर्दछ । विदेशमा नेपाली पाठ्यक्रम अनुसार संचालन भैरहेका विद्यालयहरुलाई मान्यता दिई परीक्षा प्रणाली लगायतका सहजीकरणका काम सरल रुपमा गर्न र दूतावास मार्फत निरीक्षणको व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गर्दै बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न यो बैठक अपील गर्दछ ।

१३. वैदेशिक रोजगारमा गइ विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दार तथा सहयोगका लागि भइरहेका कार्यलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय गर्दछ ।

१४. भूतपूर्व गोरखा सैनिकको जायज मागलाई सम्बोधन गर्न सम्बन्धित निकायमा पहल गर्न यो बैठक नेपाल सरकारसंग अनुरोध गर्दछ ।

१५. यो बैठक सफलतापूृर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, हङकङ स्थित महावाणिज्य दुतावास, हङकङ सरकार, सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्, आयोजक राष्ट्र, प्रायोजक, स्वयम्सेवी, पत्रकार, कलाकार लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

भेलामा नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालको समेत सहभागीता थियो । भेलामा सहभागी भएका उद्योगी तथा व्यवसायी राजेन्द्र खेतानले नेपालमा अझैपनि प्रतिस्पर्धी अर्थतन्त्र नभएकाले लगानीका लागि थुप्रै अवसरहरु रहेको बताए ।

‘हामीले लगानी गर्न सक्ने थुप्रै क्षेत्रहरु छन् त्यसका लागि सहकार्य जरुरी छ’, उनले भने । गैरआवासिय नेपाली र नेपालका व्यवसायीविच अझै समन्व भएको छैन, एनआरएनको पूँजी, सिप र ज्ञानलाई नेपालका व्यवसायीहरुसँग साझेदार गर्न सकिने भएपनि अहिलेसम्म साझेदारीको रुपमा अगाडी बढ्न नसकेको उनले बताए ।

संघका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोले नेपालीहरुले विश्वका विभिन्न मुलुकमा लगानी गरिरहेको बताउँदै अब नेपालमा लगानी गर्ने सहि समय आएकोले नेपालभित्रनै लगानी बढाउनुपर्ने बताए । ‘पछि वातावरण अझ राम्रो भयो भने विदेशी लगानीकर्ता लाइन लाएर नेपाल आउँछन अहिले लगानी गर्ने समय हाम्रो हो’, उनले भने ।

नेपाल बस्नेले मात्र लगानी गर्नुपर्छ भन्ने होइन, सबैले लगानी गर्नुपर्छ अहिले स्थायी सरकार आएकाले अब लगानीमा जोड दिनुपर्ने उनले बताए ।

संघका निवर्तमान अध्यक्ष शेष घलेले नेपालमा लगानी अहिले भावनाको आधारमा मात्र भएको बताए । सरकारले गैरआवासिय नेपालीलाई लगानी गर्ने पहिलो संभावना भएको रुपमा हेर्नुपर्छ, उनले भने । ‘हामीलाई पहिला उत्साहित र प्रोत्साहन गरिनुपर्छ, हामीलाई देखेपछि मात्र अझ बढि विदेशी लगानीकर्ताहरु आउँछन । सरकार लगानी ल्याउने विषयमा गम्भिर भएर लाग्नुपर्छ’, उनले भने ।

संघका अध्यक्ष भवन भट्टले एनआरएनहरुले विदेशबाट सिप, ज्ञान र पूँजी भित्राइरहेको बताउँदै सरकारले सहयोग गर्यो भने अझै बढि भित्राउन सकिने बताए । सरकारले अहिले बल्ल एनआरएनलाई विभिन्न रुपमा प्रोत्साहन गर्न थालेको छ, उनले भने । एनआरएनकै लगानीमा देशकै ठूलो अस्पताल, पाँचतारे होटलदेखि हाइडोपावर, कृषि, बैंकमा लगानी बढिरहेको उनले बताए ।

बहसमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले अब नेपालमा लगानी गर्नका लागि कुनै अवरोध नभएको बताए । स्थायी सरकार आएको छ, निजी क्षेत्रलाई प्रोत्साहन गरेको छ, उनले भने । अहिले लगानीको वातावरण धेरै नै बनेको छ, । लगानीको क्षेत्र पहिचान गरि फरक फरक रुपमा लगानी बढाउनुपर्नेमा खनालले जोड दिए । तीन क्षेत्रमा व्यापक लगानी गर्न सकिन्छ, उनले भने । पर्यटन, जलविद्युत र कृषिमा अझै पनि लगानी व्यापक रुपमा बढाउनुपर्ने उनले बताए ।
कृषिप्रधानमुलुकमा १ खर्ब ४० अर्बको खाद्यान्न तथा कृषि उपज आयात हुन्छ, देशमा अझैपनि ३८ प्रतिशत जमिन बाँझो रहेकाले कृषिमा लगानी बढाउन मन्त्री खनालले आग्रह गरे ।

भेलामा १८ देशका ३ सय जनाको सहभागिता रहेको थियो ।