शुक्रबार, बैशाख १८, २०८३

ललितपुरको भैंसेपाटीमा मन्त्री आवास बनाउने संघीय सरकारको निर्णय

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको संघीय सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख मुख्यमन्त्री र मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा आवास बनाउने भएको छ ।

बिहिबार मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णय सार्वजनिक गरी सरकारका प्रवक्ता संचारमन्त्री गोकुल वास्तोलाले जानकारी दिनुभयों ।
जानकारी अनुसार राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा भवन निर्माणको निर्णय गरेको हो । यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि १४ वटा अवास तथा सम्पर्क कार्यालय बनाइनेछ ।

हाल पुल्चोकमा रहेका मन्त्री निवासका १० वटा भवन भने राजकीय अतिथि भवन बनाइनेछ । यसका लागि जग्गा अभाव भएमा राष्ट्रिय पुस्तकालय छेवैमा रहेको सरकारी जग्गा समेत उपयोग गर्न सकिने सरकारको निर्णय छ ।
मन्त्रिपरिषद बैठकले नेपाल भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको स्थापना गर्दा विस्थापित भएर घरबारविहीन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रुपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख दिने निर्णय पनी गरेको छ ।
मंत्रिपरिषदको पूर्ण जानकारी