शुक्रबार, बैशाख १८, २०८३

अन्तरबिद्यालय स्तरिय भलिवल प्रतियोगिता आयोजना हुने

जापान । अंग्रेजी बर्ष २०१९ को मार्च ४ तारिख देखी ९ तारिख सम्म नेपाल-जापान एजुकेशनल सपोर्ट क्लबको प्रमुख आयोजनामा हुन गईरहेको अन्तरबिद्यालय स्तरिय भलिवल प्रतियोगिता संचालन गर्नका लागी संथाका अध्यक्ष किन्जो यामासिताबाट पहिलो किस्ता स्वरुप सहयोग रकम ५० हजार रुपैया श्री सिद्ध उच्च माध्यामिक बिद्यायलका प्रधानाध्यापक श्री शंकर ज्ञवाली ज्युलाई हस्तान्तरण गरिएको छ । संस्थाले भलिबल टुर्नामेन्ट सम्पन्न गर्नका लागी ३ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

बिगत लामो ३० बर्ष देखी नेपाल का सरकारी बिधालयहरुको नयाँ भवन निर्माण ,गरीब तथा जेहेन्दार बिधार्थी हरुलाई छात्रबृती बितरण्,फर्निचर बितरण्, खेल्कुदका सामाग्री ,चिप्लेटि,पिङ्, तथा बिधार्थीहरुका लागि फोटो डे र शैक्षिक टुर गर्दै आईरहेको छ ।
संथाले स्थापना भई नेपालमा शैक्षिक गतिबिधी गरिरेहेको ३० बर्ष पुगेको उपलक्ष्यमा यस पट्क श्री सिद्ध उच्च मा बि को प्रांगण मा अन्तर बिधालय स्तरिय भलिबल प्रतियोगिता गर्न लागेको संथाका जापान नागोयाका चिफ राजेन्द्र थापा ब्यक्त गर्नु भएको छ ।