शुक्रबार, बैशाख ०७, २०८१

रामेछापका पाण्डेले पुनः संसारकै तेस्रो अपठ्यारो हिमाल चढन सफल

काठमाडौं । गतबर्ष सगरमाथा आरोहण गर्नुभएका रामेछाप,लिखु तामाकोशी–७ तिल्पुङका प्रकाशराज पाण्डेले पुनः संसारकै तेस्रो अपठ्यारो हिमाल चढन सफल भएका छन् ।

पाण्डेले ६ हजार ८ सय १२ मिटर अग्लो आमादब्लम हिमाल आरोहण गर्नुभएको हो । गाइडको सहयोगमा पाण्डेले कात्तिक २२ मा आमादब्लम आरोहण गरी राष्ट्रिय झण्डा फहराउनुभएको हो ।
पाण्डेले स्काउट र राष्ट्रिय युवा परिषद्को झण्डा चुचुरोमा पुर्याएर विश्वमै शान्तिको कामना गरेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘मेरो देशलाई विश्वभर चिनाउन र विश्वमा शान्तिको कामना गरेर आमादब्लम हिमाल आरोहण गरेको हुँ ।

आफूले हिमाल आरोहण गर्न थालेपछि जन्मभूमि रामेछापलाई पनि चिनाउने अवसर पाएको बताउदै आगामी दिनमा पनि हिमाल आरोहण लगायतको काम गरेर सामाजिक क्षेत्रमा क्रियाशिल हुने बताउनुभयो । पाण्डेले भन्नुभयो,‘मन दृढ इच्छा शक्ति भए अपठ्राहरु पन्छाउदै सफलता हात पार्न सकिन्छ ।’ उहाँले इच्छाशक्ति भए सबैले हिमाल आरोहण गर्न सक्ने पनि अनुभव सुनाउनुभयो ।

उहाँले लाङटाङको ‘वेडेन पावेल स्काउट हिमाल’ (५,८९० मिटर) दुई पटक र सोलुखुम्बुको आइल्यान्ड पिक (६,१६० मिटर) हिमालको सफल आरोहण गरिसक्नुभएको छ ।