बारपाक सुलिकोट गाउँपालिकाको उपभोक्तालाई अभिमुखिकरण तालिम

गोरखा । बारपाक सुलिकोट गाउँपालिका वडा न ५ ताकुमाझ लाकुरीबोटमा रहेका उपभोक्ताहरूलाई गाउँपालिकाले एकदिने अभिमुखिकरण तालिम प्रदान गरेको छ ।
आज लाकुरीबोट स्थीत वार्ड कार्यालयको सभाकक्षमा भएको कार्यक्रममा ५ नं वार्डका सबै उपभोक्ता समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । तालिममा आर्थिक बर्ष २०७५/०७६ को योजनाहरुको बारेमा जानकारी सहित उपभोक्ताहरुलाई अभिमुखिकरण गराएको थियो । उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको लागि भएको १ दिने अभिमुखिकरण तालिममा गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले योजना कार्यन्वयनलाई योजनाबद्ध रुपमा पारदर्शी ढंगले पूर्ण कार्यान्वयनका लागि निर्देशन दिनुभएको थियो । उपभोक्ताको योगदान बिना योजनाहरु पूर्ण नहुने भन्दै योजना कार्यान्वयनमा श्रमदान समेत गर्न अनुरोध गर्नुभयो ।
५ नं वार्डका अध्यक्ष गोपाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ३२ वटा उपोभोक्ता समितिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत शिव गुरुङ र शाखा अधिकृत ईश्वरी पनेरुले सहजिकरण गर्नु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया