गोरखा । बारपाक सुलिकोट गाउँ पालिका वडा न ८ पन्द्रुङमा रहेको श्री थालिबारी आधारभुत बिद्यालयको ४ कोठे भवन बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले बिद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।
मंगलवार बिद्यालयमा एक कार्यक्रमका बीच अध्यक्ष भट्टले व्यवस्थापन समितिका अध्यक्ष इश्वर बगालेलाई बिद्यालयको भवनको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । सेभ द चिल्ड्रेन र श्री स्वारा सघन गाउँ बिकास केन्द्रको साझेदारीमा बनेको भवनलाई केन्द्रका कार्यकारी निर्देशक सीताराम श्रेष्ठ र सेफ द चिल्ड्रेनका इन्जिनियर आनन्द सापकोटाले गाउँ पालिका अध्यक्ष बिष्णु भट्टलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएपश्चात् गाउँपालिका अध्यक्ष भट्टले बिधालय ब्यबस्थापन समितीका अध्यक्षलाई हस्तान्तरण गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका अध्यक्ष भट्टले भूकम्पले क्षतिग्रस्त भएको बिद्यालय भवनको पुननिर्माणको लागि सहयोग गर्नुभएकोमा सेभ द चिल्ड्रेन र स्वारा सघनलाई धन्यवाद दिनुहुदै सहि ब्यबस्थापन र गुणस्तरीय शिक्षाका लागि सक्रिय हुन बिद्यालय परिवारलाई अनुरोध गर्नुभयो ।
अध्यक्ष भट्टले शिक्षामा गाउँपालिकाको विशेष लगानी हुने भन्दै समृद्ध गाउँपालिका निर्माणमा साथ दिन आव्हान समेत गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका सदस्य तेज बराम , बारपाक सुलिकोट गाउँपालिकाका कार्यकारी अधिकृत शिव गुरुङ, वडा न ८ का अध्यक्ष कृष्ण गुरुङ,बिद्यालयका प्रधानध्यापक रुद्र प्रसाद अँगाईलगायतले मन्तब्य राख्नु भएको थियो । उक्त ४ कोठे भबन,२ कोठे छात्र २ कोठे छात्रा साैचालय, खानेपानी ब्याबस्थापन र आवश्यक फर्निचर गरि कुल १ करोड १० लाख ६६ हजार ६ सय लागतमा निर्माण गरिएको श्री स्वारा सघन गाउँ बिकास केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले जानकारी गराउनु भएको थियो भने भुकम्पबाट क्षेतीग्रस्त भएको विद्यालयले त्यस पछि गाउँ वातवरण नेपालले निर्माण गर्दिएको ट्रस्टको भवनमा अध्यापन गराउदै आएको थियो ।
अब नयाँ भवन पाएपछि अध्ययन अध्यापनमा सहज हुने बिद्यालय परिवारले जानकारी दिएको छ ।

