शुक्रबार, बैशाख १८, २०८३

इमान्दारीसाथ काम गर्न कानून व्यवसायीलाई आग्रह : प्रधानन्यायाधीश मिश्र

काठमाडौँ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विधिको शासन कायम राख्न इमान्दारीपूर्वक काम गर्न कानून व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल कानून समाजले यहाँ आज आयोजना गरेको ‘स्वतन्त्र न्यायपालिका र कानूनको शासन स्थापनामा वरिष्ठ अधिवक्ता स्व. कुसुम श्रेष्ठको योगदान’ विषयक कार्यक्रममा उहाँले भन्नुभयो, “समाजका हरेक क्षेत्रले आर्दश र इमान्दारीपूर्र्वक काम गर्ने कुरा स्वर्गीय श्रेष्ठको जीवनीबाट सिक्नुपर्छ ।”

प्रधानन्यायाधीश मिश्रले न्यायको योद्धा बन्नुपर्ने कानून व्यवसायीहरुमा इमान्दारिता र आर्दश हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै नेपालमा कानूनी राज्य स्थापनाका लागि वरिष्ठ अधिवक्ता स्व. श्रेष्ठले पु¥याउनु भएको अतुलनीय योगदानको प्रशंसा गर्नुभयो ।

स्व. श्रेष्ठले नेपालको न्याय क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित गराउनुभएको स्मरण पनि उहाँले गर्नुभयो ।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले स्वर्गीय श्रेष्ठको जीवनीबाट अधिवक्ताले सिन्नुपर्ने पाटो धेरै भएको उल्लेख गर्दै नेपाल बार एशोसिएशनको स्थापनामा पनि उहाँले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो ।