शुक्रबार, बैशाख १८, २०८३

प्रथम न्वागी महोत्सब सकियो,न्वागी कृषकको प्रतिक : मन्त्री थापा

गोरखा । बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ र ताकुकोट सेवा समाज काठमाडाैंको आयोजनामा पहिलो पटक ताकुकोटमा न्वागी महोत्सब सम्पन्न भएको छ । ताकुकोटको माई भगवती मन्दिरमा गत बुधबारदेखि शुरु भएको महोत्सवको आज बिशेष समारोहबीच गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री माननीय लेखबहादुर थापामगरले उद्घाटन गर्नुभयो । माइ भगवती मन्दिर पुजा समिति , पुष्पाञ्जली युवा क्लब , दिपशिखा युवा क्लब समेतको सहआयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि रहेका मन्त्री थापामगरले न्वागी कृषकहरुको प्रतिक रहेको भन्नुहुदै नेपालको कृषि क्षेत्रको बिकास गर्न सके मुलुकले समृद्धि चुम्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका मगरले गण्डकी प्रदेशलाई बिकास र समृद्धिमा अघि बढाउन कृषी क्षेत्रमा लगानी बढाएको समेत जानकारी दिनुभयो । कार्यक्रममा बारपाक सुलिकोट गाउँपालीका अध्यक्ष बिष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, कार्यकारी अधिकृत शिब गुरुङ, प्रशासकिय अधिकृत ईश्वरी पनेरु, बन तथा बाताबरण मन्त्री माननीय शक्ति बहादुर बस्नेतज्यूको स्वकीय सचीव धिरज उपरकोटि, ताकुकोट सेवा समाज काठमाडौंका अध्यक्ष रेशमलाल श्रेष्ठ, वडा नं ५ का वार्ड अध्यक्ष अध्यक्ष गोपाल गुरुङ, संस्थाका उपाध्यक्ष चुडाप्रसाद बस्ताकोटि लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । बारपाक सुलिकोट गाउँपालिका वार्ड नं ६ का वार्ड अध्यक्ष बाबुलाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ताकुकोट सेवा समाज काठमाडौं, ताकुकोट स्वास्थ्य चाैकि, मनाशलु हेल्थ सेन्टर प्रालि र दिर्घायू हस्पिटल एण्ड रिसर्च सेन्टरको आयोजनामा नि:शुल्क स्वास्थ्य शिवीर पनि संचालन गरिएको थियो । शिबिरमा २०३ जनाले स्वास्थ्य परिक्षण गराएका छ्न् । जनरल फिजिसियन डक्टर अनिश बस्नेतको नेतृत्वमा आएको ४ जना डक्टरहरुको टोलीले स्वास्थ्य परिक्षेण गरेका हुन् ।

कार्यक्रममा कलाकार नृत्य निर्देशक तथा म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट , लोक तथा दोहोरी गयक कुलेन्द्र बि.क., सागर गुरुङ, सन्जय गुरुङ, हरिराम परियार, गायिका चिजा तामाङ, जानकी तारमी मगरले हजारौं दर्शकहरुलाई छ्मछ्म्ती नचाएका थिए भने चर्चित हास्य टेलिसृङ्खला मेरि बासैका हास्य कलाकार सुरवीर पन्डित (दारी बा) र बल्छी धुर्ब (मरिचमान श्रेष्ठ) ले पेट मिचिमिची हसाएका थिए ।