शनिबार, बैशाख ०८, २०८१

काठमाडौँको सुन्धारामा कार दुर्घटना हुँदा १२ जना घाइते

काठमाडौँ । सुन्धारामा कार दुर्घटना हुँदा १२ जनाको घाइते छ । बिहीबार सुन्धारामा एक निजी कारले ठक्कर दिंदा १२ जना घाइते भएका छन ।

नेपाल एयरलाइन्सको पार्किङबाट बाहिर निस्कने क्रममा बा १८ च ४८७३ नम्बरको कारले सडकमा रहेका यात्रुलाई ठक्कर दिँएको महानगरीय प्रहरी बृत्त जनसेवाले जानकारी दिएको छ।

कारका चालक भेषराज पौडेलले ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीलाई बताएका छन्। सडकबाट मान्छे हान्दै कार सडक पेटीसम्म पुगेको थियो ।
कारको ठक्करबाट घाइते हुनेहरुमा सन्तोषी नेपाली, फिलिपिन्सका नागरिक केसिया, जुली बुढाथोकी, गंगामायाँ राई, रुद्रमान पती, प्रज्ञा ज्योति परियार, भावना बोहोरा, मिरा थापा, जोसना ठकुरी, सत्यराज ठकुरी, सृजना पहरी र उर्मीला अधिकारी रहेका छन्। उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

२०६६ साउन २१ गते बुधबार बिहान बा४च ८०३० नम्बरको कारले सडकपेटीमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । घाइते भएका उनीहरुको अस्पताल लैजाने क्रममा ज्यान गएको थियो । घटनालगत्तै कार चालक भेषराज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।