म्यान्माका स्टेट काउन्सिलर आङ सान सुकी काठमाडौँमा

काठमाडौँ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सुकी काठमाडौँ आइपुगेकी छिन ।

आज बिहिबार नेत्री सुकीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे।
सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो । आजदेखि १७ गतेसम्म एशिया प्रशान्त शिखर सम्मेलन काठमाडौँमा हुँदैछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया