शुक्रबार, बैशाख १८, २०८३

एनआरएन एसिया प्याशिफिक सम्मेलनको उद्घाटन संघीय कृषिमन्त्री खनालले गर्ने

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएन एसिया प्याशिफिक सम्मेलनको तयारी अन्तिम चरण पुगेको छ ।
सो सम्मेलनको प्रमुख अतिथिको रुपमा संघीय कृषि मन्त्री चक्रपाणी खनालको टुंगो लागेको छ । यही डिसेम्बर ८ र ९ तारिखका दिन हुन लागिरहेको सम्मेलनमा प्रमुख अतिथिको रुपमा खनाल नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागि हुने भएका हुन ।

नेपाल सरकारको तर्फबाट मन्त्री खनालले सो सम्मेलनमा सहभागि भई कार्यक्रमको उद्घाटन गर्नेछन् । एनआरएन हङकङ अध्यक्ष एवं सम्मेलन तयारी समिति सदस्य सचिव राधिका गुरुङ टिकाका अनुसार सम्मेलनमा एनआरएनका संस्थापकअध्यक्षदेखि पूर्वअध्यक्ष आइसिसी पदाधिकारीसमेतको सहभागिता रहनेछ ।

सम्मेलनमा क्षेत्रीय समितिमा आबद्ध चीनसहितका प्रतिनिधि गरि तीन सयभन्दा बढीको सहभागिता हुने अध्यक्ष टिका गुरुङले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङका अनुसार सम्मेलनको तयारी लगभग पूरा भएको छ । सम्मेलनमा सहभागि हुनेको भिसा प्रक्रियाको काम सकिएको छ भने गर्नुपर्ने आन्तरिक तयारीसमेत सम्पन्न भइसकेको छ । सम्मेलन तयारीको लागि क्षेत्रीय संयोजक किरण थापा डिसेम्बर ६ मा हङकङमा पुग्ने वताउनु भयो ।