एजेन्सी । उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखाना नजिकै भएको विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
बुधबार बिहान भएको विस्फोटमा परी अन्य २२ जना घाइते भएका छन् ।
हेबेइ सिङ्गहुआको एक रासायानिक पदार्थ उत्पादन गर्ने कारखाना ‘मिकल इन्ड्रस्टि कोपरेसन लिमिटेड’ नजिकै उक्त बिस्फोट भएको थियो। विस्फोटमा परी सवारीसाधनमा समेत क्षती पुगेको छ। प्रारम्भिक अनुसन्धान अनुसार एक सवारी साधनले बोकेको अति संवेदनशील विस्फोटक पदार्थ कारखानामा प्रवेश गर्ने पर्खाइमा रहेका बेला अकस्मात विस्फोट भएको थियो ।
विस्फोटबाट कारखानाको भित्र भने कुनै असर परेको छैन ।

