काठमाडौं । नेपाल चेम्वर अफ कमर्स र जापान नेपाल बिजनेश च्याम्वर अफ कमर्शबीच एक सम्झौता भएको छ । बुधबार नेपाल र जापानको व्यापार व्यबसाय वृद्धि गर्नका लागि उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपाल चेम्वर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र जापा ९नेपाल बिजनेश च्याम्वर अफ कमर्सका अध्यक्ष डेजीमा योशिनोवुले हस्ताक्षर गरेका हुन । समझदारीपत्रमा हस्ताक्षरपछि नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा लगानी गर्न जापानी पक्षसँग आग्रह गरेका छन । उद्योग लगायत पर्यटन क्षेत्रमा लगानीका लागि उनले जापानी पक्षसंग विशेष अनुरोध गरेका छन् ।
समझदारीपत्रले द्धिपक्षीय व्यापार तथा लगानी अभिबृद्धि भई आपसी समझदारी वढ्ने विश्वास गरिएको छ । समझदारी पत्रमा द्धिपक्षीय व्यापार प्रतिनिधि मण्डलको आदान प्रदान, लगानी तथा व्यापार अभिवृद्धि गर्न सूचनाहरु आदान प्रदान गर्ने, मेला आयोजनामा सहजीकरण गर्ने लगायतका बिषयमा सहमति भएको छ । नेपाल चेम्वर अफ कमर्सले हालसम्म ६० वटा अन्तर्राष्ट्रिय चेम्वरहरुसंग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

