शुक्रबार, बैशाख १४, २०८१

दैलेखमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु,घाईतेको उपचार हुँदै

सुर्खेत । सुर्खेतबाट दैलेखको बाहाकोटतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। भे १ च २२०७ नम्वरको बोलेरो जीप ठाँटीकाँध गाउँपालिका–३ को धामीगाउँ नजिक दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार दुर्घटनामा ठाँटीकाँध गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रबहादुर शाही ३० वर्षीय निर्मल वम, ठाँटीकाँध–२ का ३० वर्षीय रमेश शाही, ४६ वर्षीया रत्ना शाही र ठाँटीकाँध–४ का दिलिप शाहीको मृत्यु भएको छ । राजेन्द्र र निर्मलाको घटनास्थलमै र बाँकीको उपचारका लागि सुर्खेत ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

डिएसपी पोखरेलका अनुसार मोडमा जीप ब्याक गर्ने क्रममा जीप सडकदेखि ४० मिटर तल खसेको थियो। जीपमा आठ जना सवार थिए। दुर्घटनामा घाइते भएका ठाँटीकाँध–१ का २८ वर्षीय शम्शेर बम, ३० वर्षीय युद्ध सुची र २८ वर्षीय मनिश राष्कोटी समेतको अवस्था गम्भीर रहेको छ । घाईतेहरुलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।