काठमाडौं । नेपालमा साढे ३ लाख उद्योग दर्ता भएका छन् । उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार कुल तीन लाख ४५ हजार ३९३ उद्योग दर्ता छन् । त्यसमा लगानी भएको २० खर्ब ३३ अर्ब मध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य उद्योगमा लगानी रहेको विभागकामहानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिए ।
विभागका अनुसार नेपालका एक हजार ३० ठूला उद्योगमा १४ खर्ब ५२ अर्ब, एक हजार ६४० मझौला उद्योगमा एक खर्ब ४९ अर्ब र ४२ हजार ७२३ लघु, घरेलु तथा साना उद्योगमा चार खर्ब३२ अर्ब लगानी छ ।
यसमा स्वदेशी लगानीका मझौला तथा साना उद्योग र विदेशी लगानीका सबै उद्योग रहेका समावेश छन् । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी उत्पादनमूलक र सेवामूलक उद्योग रहेकाछन् । त्यसपछि कृषि तथा वन पैदावरका उद्योग पर्दछन् ।
सङ्ख्यात्मकरूपमा कम भए पनि ऊर्जामा लगानी बढेको सिंहले जानकारी दिए ।
दर्ता भएका उद्योगमा लगानीको अवस्था हेर्दा ऊर्जामूलक उद्योगमा ५५ दशमलव ३१ प्रतिशत, उत्पादनमूलक उद्योगमा २३ दशमलब ६० प्रतिशत, सेवामूलक उद्योगमा आठ दशमलव ६२प्रतिशत लगानी छ । पर्यटन उद्योगमा भने न्यून लगानी ९छ दशमलब ६८ प्रतिशत० रहेको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ ।

