बिहिबार, बैशाख १३, २०८१

इनरुवामा बस दुर्घटना: पाँच जनाको मृत्यु,तीन दर्जनभन्दा बढी घाइते

सप्तरी । इनरुवामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका९१० इनरुवामा शुक्रबार साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु र तीन दर्जनभन्दा बढी घाइते भएको जनाएको हो । अधिकांशको अवस्था गम्भिर रहेको डीएसपी भावेश रिमालले जानकारी दिए ।

बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका यात्रुहरु सवार को १ ख २७९९ नम्बरको बस पल्टिएको हो ।

दुर्घटनामा परी बेचनीदेवी यादव, भुटनीदेवी यादव, सिक्किलदेवी साह, दिनेश रजक र उनकी श्रीमतीको मृत्यु भएको छ । घाइते भएका मध्ये ११ जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको छ भने बाँकीको सगरमाथा अस्पतालमा उपचार भइरहेको छ ।