बिहिबार, असार ०४, २०८३

चीन र अमेरिकीविच गैरकानूनी व्यापार गरेको भनेर टकराप सुरु

काठमाडौं । विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुक चीन र अमेरिकीले गैरकानूनी व्यापार गरेको भनेर टकराप सुरु भ्एको छ ।

चीनले गैरकानूनी व्यापार गरेको भनेर चीनले लगाएको आरोप अस्वीकार्य भएको टिप्पणी गरेको हो । जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेका बेला चीनको यस्तो भनाइ सार्वजनिक भएको हो ।

चीनको व्यापारिक गतिविधिबारे गरिएका पहिलेका अनुसन्धानहरूको अद्यावधिक गर्दै वासिङ्टनले गत मङ्गलबार चीनले आफ्ना ‘गलत’ व्यापारिक गतिविधिलाई परिवर्तन गर्न तदारूकता नदेखाएको र पछिल्ला केही महिनायता अझै अविवेकी कार्य गर्न उद्दत बनेको आरोप सार्वजनिक गरेको थियो ।

बिहीबार सञ्चारमाध्यमसँगको नियमित भेटघाटमा चीनको वाणिज्य मन्त्रालयले वासिङ्टनको भनाइहरूको खण्डन गरेको छ । मन्त्रालयलका प्रवक्ता गाओ फेङले भने, ‘वासिङ्टनले तथाकथित अपडेट रिपोर्टको नाममा चीनमाथि विल्कुलै आधारहीन र तथ्यरहित आरोपहरू लगाइएको छ, चीनलाई यो सैह्य छैन ।

चीनले रोबेटिक्स र नवीकरणीय उर्जा क्षेत्रमा विभिन्न गैरकानूनी उपायमार्फत नियन्त्रणमा राख्दै विश्व औद्योगिकिकरणमा प्रभाव जमाउन खोजेको अमेरिकी अधिकारीहरूले दावी गरेका थिए । अधिकारीहरूले चीनले आफ्नो भूमिमा रहेका अमेरिकी कम्पनीहरूलाई दबाबमा पारेर अमेरिकी बौद्धिक सम्पत्तीको आरोप लगाएका थिए ।
यसै बिषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनबाट अमेरिका निर्यात गरिने दुई खर्ब ५० अर्ब अमेरिकी डलर चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरेको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याइने एक खर्ब अमेरिकी डलर बराबरको सामानमा करवृद्धि गरेको थियो ।

गाओले सञ्चारकर्मीसँग भने, ‘हामी चाहन्छौं अमेरिकाले दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्धलाई विगार्ने किसिमका भनाई तथा गतिविधिलाई रोकोस् र सम्बन्धलाई पूरानो अवस्थामा ल्याउन रचनात्मक धारणाको अवलम्बन गरोस् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग नोभेम्बर अन्त्यमा अर्जेन्टिनामा हुने जी–ट्वान्टी शिखर सम्मेलनका अवसरमा व्यापार विवादबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।