शुक्रबार, बैशाख १८, २०८३

साकुरा ह्वील चेयर परियोजना र एनआरएनबीच सहमती-पत्रमा हस्ताक्षर

टोकियो । जापानको साकुरा ह्वील चेयर परियोजना र एनआरएनबीच एक सहमती पत्रमा हस्ताक्षर भएको छ । साकुरा संस्थाबाट अध्यक्ष कृष्ण राज चौधरी र गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष भवन भट्ट र एनआरएनए आइसीसी सदस्य कपिलदेव थापा बीच सहमति पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
सो सम्झौता पत्रमा परोपकारी तथा मानवकल्याण हित समिति एशिया प्रशान्तका क्षेत्रीय संयोजक कपिल देव थापाले पनि हस्ताक्षर गर्नु भएको छ ।
नेपालमा हिड्न नसक्ने व्यक्तिहरुको सहयोगको लागि ह्वील चेयर उपलब्ध गराउन दुई संस्थाबीच सहमतीपत्रमा हस्ताक्षर भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले संघका गितिविधिहरु बारे जानकारी गराउँदै ह्वील चेयर उपलब्ध गराएर सहयोग गरेकोमा जापानको साकुरा ह्वील चेयर परियोजना प्रति आभार प्रकट गर्नुभयो । प्राप्त भएका ह्वीचेयरहरु साकुराको काठमाडौ कार्यालयसँग समन्वय तथा सहकार्य गरेर आवश्यक व्यक्तिहरुलाई वितरण गरिने छ ।
संघको तर्फबाट जापानका आइसिसि सदस्य तथा परोपकारी मानव कल्याण सहायता समिति एशिया प्रशान्त क्षेत्रका संयोजक कपिलदेव थापाले संघको स्थापनाकाल देखी नै जापानका विभिन्न संघ संस्थाहरुको सहयोगबाट ह्वील चेयरहरु नेपाल ल्याई हिड्न नसक्ने व्यक्तिहरुलाई वितरण गरी सामाजिक तथा परोपकारी कार्यमा सहयोग गरिरहनु भएको छ ।