Nepali date


शुक्रबार, भदौ ६, २०७६

आशैं नगरेको पुरस्कार पाउँदा कान्तिपुर मलमा सामान किनेका मगर र विश्वकर्मा दङ्ग(भिडियो)

काठमाडौ । राजधानीको गंगबुस्थित कान्तिपुर मलले दसैं, तिहार तथा छठ पर्वका अवसरमा संचालन गरेको चिट्ठाका विजेताहरुलाई शुक्रबार एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरेको छ।

मलले दसैं, तिहार र छठका अवसरमा एक हजारभन्दा माथिको सामन किन्ने ग्राहकलाई चिट्ठाको कुपन उपलव्ध गराएको थियो । उक्त कुपनमा रहेको नम्बर मंसिर एक गते एउटा सार्वजनिक कार्यक्रममार्फत नतिजा सार्वजनिक गरेको हो । नतिजाअनुसार पुरस्कार प्राप्त गर्ने कुपनबाहक ग्राहकलाई मलमा बोलाएर शुक्रबार पुरस्कार वितरण गरिएको हो ।

नतिजाअनुसार उदयपुरगडी गाउँपालिका डुम्रे–४ का सन्तोष मगरले प्रथम पुरस्कार स्वरुप २ लाख ८८ हजार पर्ने मोटरसाइकल प्राप्त गरेका छन् । त्यस्तै इलाम, देउमाई नगरपालिका–८ का हेमकुमार विश्वकर्माले दोस्रो पुरस्कार स्वरुप मोटरसाइकल प्राप्त गरेका छन् ।

त्यसैगरी धादिङका शम्भु गुरुङले तेस्रो एइडी टेलिभिजन, गृष्म राईले चौथो पुरस्कार स्वरुप फ्रिज र अपिल राईले स्मार्टफोन प्राप्त गरेका छन् । त्यस्तै विभिन्न ग्राहकले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

मलमा एक हजारभन्दा बढीको सामान खरिद गरेर भाग्यशाली कुपन पाएर पुरस्कार जितेकाहरुलाई कान्तिपुर मलका महाप्रबन्धक अमर निरौला तथा कान्तिपुर मल व्यवसायी संघका उपाध्यक्ष रमेश गौतमले पुरस्कार वितरण गर्नुभएको हो ।

पुरस्कार वितरण गर्दै महाप्रबन्धक निरौलाले मलमा सामान खरिद गरेका ग्राहकहरुलाई वितरण गरिएको कुपन पारदर्शी ढंगले नतिजा सार्वजनिक गरिएको बताउनुभयो । उहाँले यस्ता पुरस्कार संचालकले नै लिन्छन् भन्ने भ्रम रहेकोका कान्तिपुर मलले पारदर्शी ढंगले नतिजा सार्वजनिक गरेर पुरस्कार वितरण गरिएको बताउनुभयो ।

कान्तिपुर मल व्यवसायी संघका उपाध्यक्ष रमेश गौतमले मलले विगत दश वर्षदेखि यसप्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि संचालन गरिने बताउनुभयो ।

प्रथम पुरस्कार पाएपछि उदयपुरका सन्तोष मगरले आफूले घर जाने क्रममा बसपार्क नजिकै रहेको बस पार्कमा रहेको कान्तिपुर मलमा सामान खरिद गरेको र यस्तो पुरस्कार पाउने विश्वास भने नरहेको बताए । विश्वासै नभए पनि पसलले कुपन लान आग्रह गरेकाले अहिले सोच्दै नसोचेको परिणम आउँदा आफू आश्चर्यमा परेको बताए ।

दोस्रो पुरस्कार विजेता विश्वकर्माले आफूले यसरी पुरस्कार पाइन्छ भन्ने कहिल्यै नसोचे पनि अहिले पाउँदा खुसी लागेको बताए ।
बसपार्कसँगै रहेको कान्तिपुर मलमा दुई सय बढी विभिन्न सामानका पसल छन् । बसपार्क नजिकै रहेको मल भएकाले पुरस्कार पनि देशका विभिन्न स्थानमा ग्राहकले पाएको मलले जनाएको छ। मलले यस्ता कार्यक्रम आगामी दिनमा पनि संचालन गरिने जनाएको छ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया