बिहिबार, असार ०४, २०८३

खतिवडाले गरिन अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनी

जापान । मिस वर्ल्ड २०१८ को अन्लाइन भोटिङमा ३० प्रतिशतभन्दा बढी मत पाएकी नेपालकी शृङ्खला खतिवडा सो अन्तर्राष्ट्रिय सौन्दर्य उपाधिको एक खुड्किलो नजिक पुगेकी हुन् कि भनेर नेपालीहरूमाझ उत्साह देखिएको छ।
नेपालको प्रतिनिधित्व गर्दै चीनमा जारी प्रतियोगीमा सहभागी भएकी मिस नेपाल २०१८ खतिवडाबारे धेरैले सामाजिक सञ्जालमा चासो व्यक्त गरेका छन्।
नेपाली प्रतियोगीले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा गरेको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनी भन्दै उनको प्रशंसा पनि भएको छ।
प्रतियोगिताको मुख्य प्रतिस्पर्धा भने डिसेम्बर ८ मा हुनेछ।

सामाजिक सञ्जालमा शृङ्खला सबैभन्दा क्षमतावान् प्रतियोगी भएकी र उनले उपाधि जित्ने दाबी गर्नेहरू पनि छन्।
उनी नेपालकै गौरव भएकाले उनलाई अन्लाइन भोटिङमार्फत् जिताउन अभियान गर्नेहरू पनि छन्।

उनी नेपालको पर्यटन प्रवर्धनका लागि उपयोगी हुन सक्ने टिप्पणी पनि गरिएको छ।