शनिबार, बैशाख ०८, २०८१

पुरुषको कट्टु किन बढी फोहोर हुन्छ, महिलाको किन सफा ? यस्ता छन् कारण

एजेन्सी । आखिर महिलाहरु पुरुषको तुलनामा बढी सफासुग्घर किन रहन्छन् ? अब यो कुनै रहस्य रहेन । इन्टरनेट मार्केट रिसर्च पोर्टल YouGov का अनुसार ९३ प्रतिशत महिलाहरु एकपटक अन्डरवियर लगाएपछि धुने गर्दछन् । तर, १८ प्रतिशत पुरुष नधोइकन एउटा अन्डरवियर कयौ दिनसम्म लगाउने गर्दछन् ।
पोर्टलले गरेको सर्वेमा कयौ यस्ता पुरुषले यो कुरा स्वीकार गरे कि उनीहरु एउटै अन्डरवियर कयौ दिनसम्म लगाउने गर्दछन् । महिलाहरुले सर्वेको नतिजामा भने–पुरुषको यो बानी थाहा पाएर हामीलाई साह्रै घिन लाग्छ ।

सर्वेको रोचक नतिजा
–सर्वेमा दावी गरिएको छ कि पुरुष महिलाहरुको तुलनामा बढी फोहोर कट्टु लगाउने गर्दछन् ।
–पुरुषहरु एउटै बेडसिट नधोईकन चार हप्तासम्म प्रयोग गर्दछन् ।
–महिलाहरु तीन हप्तासम्म मात्रै एउटा बेडसिट उपयोगमा ल्याउने गर्दछन् ।
–पुरुषको डेस्कमा महिलाहरुको तुलनामा १० प्रतिशत बढी ब्याक्टेरिया हुने गर्दछ ।
–७८ प्रतिशत महिला हात धुनका लागि साबुन प्रयोग गर्दछन् । तर ५० प्रतिशत पुरुषले मात्र यसो गर्ने गर्दछन् ।

आखिर यस्तो किन ?

दर्शनशास्त्रका प्रोफेसर शरिन क्लफका अनुसार यस्तो बालबालिकामाथि घरमा गरिने फरक फरक व्यवहारका कारण हुने गर्दछ । उनले भने कि छोराको तुलनामा छोरीहरुको कपडा बढी परिवर्तन गर्ने गरिन्छ ।
प्रोफेसर क्लफले भने कि बालिकाहरु बालकले जसरी खलमा हिस्सा लिँदैनन् । आमाबाबु बालिकासँग घरमा बढी खेल्ने गर्दछन् । यसको अर्थ यो भयो कि बालिकाहरु बालकको तुलनामा बढी सफा रहन्छन् । यही बानी उमेर बढ्दै जाँदा पनि कायमै रहने गर्दछ ।

यो सर्वेलाई लिएर महिलाहरुले आफ्नो सन्तानको रेखदेखका बेला यसमा ख्याल गर्नुपर्ने बताए । यदि तपाई पनि महिलाको तुलनामा पुरुष बढी फोहोरी रहन्छन् भन्ने सोच्नु हुन्छ भने यो रिपोर्ट अरुलाई पनि शेयर गर्नुस् । सुधार कहाँ गर्नुपर्ने रहेछ सबैले थाहा पाउने छन् ।