शनिबार, बैशाख ०८, २०८१

प्रकाश दाहालको प्रथम स्मृतिसभा : सवैलाई रुवाउने गरि जे देखियो

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा पुत्र बियोग र पति बियोगको पीडाले स्मृतिमासभा स्थल स्तम्भ भएको छ ।

सोमवार युवा नेता प्रकाश दाहालको प्रथम स्मृतिमा आयोजित सभामा आमा सीता दाहाल र पत्नी बिना मगरले पीडा भुलाउनेअनेकन प्रयाश गर्नुभयो, कार्यक्रमको सुरुवातदेखि नै सिता र बिनालाई परिवारका सदस्यलेसाथमै राखेर मन बहलाउने प्रयाश गरे । तर जव पष्पगुच्छा चढाउन प्रकाशको फोटो सामुन्ने सीता र नेकपाकी नेतृसमेत रहेकी मन्त्री बिना मगर पुग्नुभयो, मन थाम्न सक्नुभएन, एकाएक भक्कानिनु भयो । यो दृष्यको संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले पहिल्यै गरिसक्नु भएको थियो ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले दिनुभएको अभिब्यक्ति पनि कम पीडादायी थिएन । उहाँले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको सहनसिलता र पीडालाई सहन सक्ने क्षमताको उच्च प्रसंशा गर्नुभयो । प्रधानमन्त्री ओलीले गत बर्षको मंसिर ३ गते बिहानको घटना स्मरण गर्दै पीडा सहने क्षमतामा प्रचण्ड सवैभन्दा अब्बल रहेको बताउनु भयो ।
प्रचण्ड र दाहाल परिवारमा परेको पीडा सहन गर्न सक्ने खालकोनभएको तर त्यसलाई सहनुको बिकल्प कसैसामु नरहेको भन्दै ओलीले संकेत गर्नुभयो । लगत्तै आफ्नो धारणा राख्नुभएका नेकपा अध्यक्ष प्रचण्डको गला अवरुद्ध भयो, आँखाबाट आँसु भरे । जव श्रद्धाञ्जली दिने लाइन लाग्यो, आमा सिता र पत्नी बिनाको मन थामिएन । प्रकाशकोतस्विर सामु पुत्रबियोग र पति बियोगको पीडा देखियो । दुवै अर्ध मुर्छित जस्तै बन्नुभयो । यो दृष्यले सवैका आँखा रसाए, प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गर्न पुगेका सवैका मुहार मलिन भए,आँखामा एकाएक आँसु देखियो । प्रकाश सम्झिएर उपस्थित सवै भावुक बने ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष तथा प्रकाश पिता प्रचण्डदेखि कांग्रेस सभापति शेरबहादुर देउवाको मुहारले शोकमा डुवेको प्रष्टै झल्को दियो । ३६ बर्षको उमेरमा छोरा गमाउनु भएकी आमा सिता र कलिला सन्तान छाडेर धर्तीबाट बिदा लिएका पतिको पीडा बिनामा देखियो ।

यसअघि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले दिनुभएको अभिब्यक्ति पनि कम पीडादायी थिएन । उहाँले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको सहनसिलता र पीडालाई सहन सक्ने क्षमताको उच्च प्रसंशा गर्नुभयो । प्रधानमन्त्री ओलीले गत बर्षको मंसिर ३ गते बिहानको घटना स्मरण गर्दै पीडा सहने क्षमतामा प्रचण्ड सवैभन्दा अब्बल रहेको बताउनु भयो ।@janatatimes