शनिबार, बैशाख ०८, २०८१

एनआरएनए जापानद्वारा परराष्ट्रमन्त्री ज्ञवालीको स्वागतसहित दिवाभोज सम्पन्न

जापान । गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् जापानद्वारा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको स्वागतसहित दिवाभोज सम्पन्न गरेको छ ।
जापान सरकारको निमंत्रणामा आइतबार जापान आइपुग्नू भएका मन्त्री ज्ञवाली दिउसो स्वागातार्थ शिनजूकूको प्रिन्स होटेलमा दीवा भोजसहितको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
पहिले दीवा भोज र तेसपछी अंतरक्रिया गरी २ चरणमा संप्पन्न कार्यक्रममा जापानस्तिथ नेपाली राजनीतिक दलका प्रमुख,सक्रिय संघ संस्थाहरुका प्रमुख ,बुद्धिजीबी,पत्रकार लगाएतको बाक्लो उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष टाशी वांगदी लामाको सभापतित्वमा सम्पन्न उक्तकार्यक्रममा प्रमुख अतिथि पररास्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, बिशिस्ठ अतिथि सरस्वती ज्ञवाली, बिशेष अतिथिहरूमा जापानस्तिथ नेपाली राजदूत प्रतिभा राणा,गैर अबासीय नेपाली संघ का अध्यक्ष भवन भट्ट , नेपाल लगानी बोर्डका कार्यकारी निर्देशक लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रममा NRNA जापानले तयार पारेको जापान वार्षिक कार्यविवरण मन्त्री ज्ञवालीलाई हस्तान्तरण गर्दै परिषद् का अध्यक्ष तथा सभापति लामाले स्वागत मन्तब्य राख्नु भएको थियो, अध्यक्ष लामाले जापानबासी नेपालीका अवसर र चुनौतीका बारेमा समेत मन्त्री ज्ञवाली लाई जानकारी गराउनू भएको थियो । कार्यक्रममा बोल्दै गैर आबासिय नेपाली संघ का अध्यक्ष भवन भट्टले पछिल्लो चरणमा गैरआबासीय नेपाली संघ र नेपाल सरकारको सम्बन्ध निकै राम्रो रहेको र संघ सम्बृद्ध नेपाल निर्माण को यउटा साझेदारी हिस्सा रहेको बताउनू भयो ।
तेसैगरी कार्यक्रममा बोल्दै राजदूत राणाले आफ्नो कार्यकालमा जापान र नेपाल सम्बन्धलाई अझै सुधार गर्ने , जापान बासी नेपालीको हकहित र दूतावासबाट हूने सरकारी कार्य सर्वसुलभ बनाउन आफुलागी परेको तर जापान आऊने नेपालीको संख्या बढ़े संग़ै दूतावासमा कर्मचारीको संख्या अभाव भएको गुनाशो मन्त्री ज्ञवाली समक्ष राख्नु भएको थियो । कार्यक्रममा करीब १ घण्टा मन्तब्य राख्नु हुदै परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो औपचारिक जापान भ्रमण र जापान सरकार संग हून लागेका सम्झौताका बारेमा जापानबासी नेपालिलाई जानकारी गराउदै ऊहाले अब सरकारले देशमा लगानी मैत्री वातावरण निर्माण गरिसकेकाले गैर आवासीय नेपालीले निर्धक्क भएर आफ्नो देशमा लगानी गर्न आह्वान गर्नु भयो ।
मन्त्री ज्ञवालीले नेपाल सरकारको अबको अभियान भनेको “सुखी नेपाली समृद्ध नेपाल “भन्ने नारालाई साकार पार्र्ने जस्कालागी सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनू भयो ।कार्यक्रममा सहभागीहरूले लिखित रुपमा सोध्नु भएका प्रश्नहरुको सरल जबाफ दिदै भ्रमणका क्रममा जापान सरकार र नेपाल सरकार बीच केही ठुला सम्झौता हूने जस्ले
द्दिपक्षीय हित संग़ै दुई देश बीचको अन्तर सम्बन्ध अझै सुधार हूने कुरामा आफु बिस्वस्थ रहेको बताउनू भयो।उक्त कार्यक्रममा मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीले नेपालमा पूँजी,ज्ञान, शिप र प्रबिधि भित्याउन सहयोग गर्नुपर्ने र तेस्का लागी आफु र आफ्नो सरकार सधै सहायोग प्रतिबद्धता ब्यक्त गर्नु भयो । उक्त औपचारिक कार्यक्रम परिषद्का महासचिव बुद्धिराज घिमिरेले संचालन गर्नु भएको थियो ।
कार्यक्रम शिनजूकूको पाँच तारे होटेलमा भएको र सर्वसाधारणको जनगुनासो आएपछि शुरक्षा , जापान सरकारको पररास्ट्र मन्त्रालयको अनुमति संग लिनु परेकाले प्रिन्समा गरेको गैरआवासीय नेपाली संघ जापानका प्रवक्ता पर्शु बस्नेतले जानकारी दिनु भयो ।