कानूनमै निर्वाचनको मिति तोक्दा उपयुक्त : प्रमुख आयुक्त डा.यादव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले कानूनमै निर्वाचनको मिति तोक्दा उपयुक्त हुने धारणा व्यक्त गरेका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगलाई मिति तोक्ने अधिकार नदिने हो भने कानूनमै मिति तोक्नु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् । आयोगले यसअघि नै मिति तोक्ने अधिकारी पाउनुपर्ने बताउँदै आएको थियो ।

यस्तै, प्रमुख आयुक्त यादवले कानून सुधार गर्न सरकारसँग आग्रह गरेका छन् । संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानून सुधार गर्न उनले सरकारसँग आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि पर्याप्त समय हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता शिक्षालाई प्रभावकारी रुपमा संचालन गर्ने बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया