शुक्रबार, बैशाख १८, २०८३

ल्होछारमा बिदाको व्यवस्था गर्छु: मुख्यमन्त्री गुरुङ

हुम तमु,पोखरा ।कस्केली तमुहरुले तमुहरुको महान चार्ड ल्होछारमा सार्वजनिक बिदाको माग गर्दै प्रदेस न ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ।
लामो आन्दोलन पछि दशवर्ष अघिदेखि ल्होछारमा सार्वजनिक बिदा पाउदै आए पनि अहिलेको सरकारले आदिवासीको मुख्य चाडमा प्राप्त बिदा कटौती गर्दै सास्कृतिक हत्या गरेको भन्दै आपत्ति जनाउदै बिदा कटौती फिर्ता गर्न माग गरेका हुन । सामुहिक ल्होछार/ल्होसार समितिको तर्फबाट मागपत्र बुझाउदै यश प्रदेसमा सरकारी कामकाजको भाषा गुरुङ र मगर निर्धारण गर्न समेत मुख्यमन्त्री सग माग गरिएकोछ ।
सामुहिक ल्होछार/ल्होसार समितिका सयोजक दलबहादुर तमु, तमु धि नेपालका अध्यक्ष कर्म तमु, तमु ह्युल छोज धि कास्की अध्यक्ष टेक बहाहादुर तमु, तमु प्ये ल्हु सघ कास्की अध्यक्ष ओम तमु लगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र ग्रहण गर्दै हिजो प्राप्त गरेको सास्कृतिक अधिकार सहितको खोसिदा दुख लागेको बताउनुहुदै मुख्यमन्त्री गुरुङले नखोसिने गरि अधिकारसहित्को बिदाका लागि पहल गर्ने बताएनु भयो । अरु प्रदेसले दिएका बिगतको बिदाहरु कार्न्वयनमा समस्या भएकाले ल्होछार बिदाका लागि सघिय सरकार, गृह मन्त्रलय लगायतसग समन्वय गरि नखोसिने गरि बिदाका लागि पहल गर्ने बताउनुभयो ।
कामकाजको भाषाकस बारेमा सर्वमान्री लिपि जरुरी रहेको भन्दै बिज्ञहरुसग बृहत् कार्यक्रम गर्ने समेत उहाको भनाइ थियो ।