बुधबार, बैशाख १९, २०८१

इजरायलमा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

इजरायल । नेपाल कम्युनिष्ट पार्टी प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल महिला बिभागले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
सोमबारदेखि सुरु भएको दिपावली, नेपाल सम्वत ११३५ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान चियापान तथा ऐतिहासिक स्थल जेरुसेलम भ्रमणको आयोजना गरेको हो ।
इजरायलमा रहेका नेकपामा आस्था राख्ने तथा नेपालीहरुबीच भाइचारा, सहयोग र सामीप्यता वृद्धि गर्दै एकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रवासी नेपाली एकता मंच महिला बिभागले शुभकामना आदानप्रदान कार्यक्रम’ आयोजना गरेको हो । कार्यक्रम यही नोभेम्बर ९ तारिखमा तेल अभिवको नेभेसान ४७ मा आयोजना गरिएको थियो । कार्यक्रममा इजरयालमा रहेका विभिन्न सामाजिक संघ संस्था, राजनिति संगठन, जातिय तथा धार्मिक संस्था, संचारकर्मी, विध्यार्थी, बुद्धिजिवी लगायत नेपाली र नेपाली भाषी दाजुभाई तथा दिदिबहिनिहरुलाई उपस्थित रहेको थियो ।
स्वगत मन्तब्य राख्दै मंच कि सदस्य ज्योति शर्माले स्वगत गर्दै सबैला कार्य ब्यस्थताको बाबजुत पनी उपस्थित हुनुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्नु भयो । नेपालीहरुको पर्व तिहार तथा छठको अवसर पारेर सम्पूर्ण नेपालीलाई एकै थलोमा उपस्थित गराएर हामीले एकताको सन्देश प्रवाह गर्न सफल भयौं’ आयोजक महिला बिभाग उपप्रमुख तथा कार्यक्रमका सभापति गीता सुबेदीले बताईन ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रवासी नेपाली एकता मंच इजरायलका अध्यक्ष तिर्थ गौतमले कार्यक्रमलाई सम्बोधन गर्दै बिदेशमा रहेर पनि नेपालीहरुबीचको यसप्रकारको एकता अभुतपूर्व रहेको बताए । ‘हामी नेपाली विश्वकै जुनसुकै कुनामा बसेपनि मेलमिलाप र एकताको नमूनाको रुपमा चिनिनुपर्छ । कार्यक्रमले सबैलाई एकताको सन्देश दिएकोछ सम्पूर्ण लाई हार्दिक धन्यबाद व्यक्त गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुबीच विशेष रहेको बताए ।
यो कार्यक्रम किन पनि विशेष रह्यो भने इजरायलमा कुनै राजनितिक संस्थाले कार्यक्रम गरी इजरायलमा रहेका सबै भिन्न बिचार राख्ने राजनितिक संस्थाहरु समेतको सहभागितामा सबै माँझ एकता र सामीप्यताको सन्देश दिन सफल भएको छ्र गौतमले कार्यक्रमले नेपालका सबै राजनितिक दलहरुलाई पनि देशका साझा मुद्दाहरुमा एक भएर अघि बढ्न विशेष सन्देस दिएको बताए । नेपाल कम्युनिष्ट पार्टीको कार्यकालमा मातृभूमी नेपालको आर्थिक र सामाजिक क्षेत्रको बिकाश भै नेपाली जनताको शान्ती र समृद्धिको चाहना तर्फ उन्मुख होस ्र विश्वास छ इतिहास र निष्ठाको निरन्तरता, दृढ़ता अदम्य साहसका पर्याय र स्वप्नदर्शी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीको नेतृत्व गरेको सरकारले नेपाली जनताले चाहे बमोजिमको नेतृत्व गर्दै राजनितीमा इमान्दारिताको खडेरि भएको बेला इच्छा शक्ति र नैतिकता हुँदा धेरै गर्न सकिन्छ भन्ने उदाहरण बनेर देखाऊनुस जनताले शुसासन पाउन आर्थिक समृद्धि आय आर्जनमा जनतालाई सामेल गराउनु भ्रष्टाचार को अन्त गर्नु पारदर्शिता र जवाफदेहिता नेपालीको चाहाना यो पूरा गर्ने जिम्मेवारी नेपाली जनताले एकीकृत नेपाल कम्युनिस्ट पाटीलाई दिएका छन । यो अग्नि परीक्षा हो नेपाली समाजलाई कम्युनिस्ट विचार, मार्क्सवादी सिद्धान्त र समाजवादी कार्यक्रम र नीतिमा आधारित रहेर साम्यवाद तर्फ उन्मुख गराउने भुमिका निर्वाह गर्नु हुनेछ । संविधानमा रहेको व्यवस्थालाई जनताको हितमा प्रयोग र उपयोग गर्दै समृद्ध नेपाल निर्माणका लागि योकार्यकाल उपलब्धि मुलुक, सुनौलो र सफल रहोस ्र साथै नेपाली जनताले चाहेको शक्तिशाली प्रगतिशील कम्युनिष्ट शक्तिलाई दिर्घकालिन वा असिमित एकताले निरन्तरता पाउने गरी एकताबद्ध राजनीतिक शक्ति निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गर्नु हुनेछ भन्ने बिश्वास ब्यक्त गर्दै देशमा रोजगारको सृजना गरि हामी लाखौं युवाहरु स्वदेश फर्कने वातावरण सृजना होस् भन्ने कामना ब्यक्त गर्नु भयो, नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने इजरायलवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई मञ्चको सम्पर्कमा आएर संगठित भई संगठन विस्तारमा सहयोग गर्न समेत अपिल गर्नु भयो ‘प्रवासमा बसेर आफ्नो राजनीतिक आस्था र विचारलाई निरन्तरता दिँदै नेपाली समाजको पहिचनमा सुख, दुःखका समस्या, श्रमिकहरुको हक अधिकारलाई आवाजमा बुलन्द गर्ने नेपाल कम्युनिष्ट पार्टीको आदर्श मान्ने इजरायलमा कार्यरत नेपालीहरुलाई एकताबद्ध संगठित हुन समेत हार्दिक अपिल गर्नु भयो ्रइजरायलमा रहेका प्रवासी नेपालीलाई संगठित तथा प्रशिक्षीत गर्दै, संगठित तथा सचेत जनशक्ति परिचालन गरी नेपालीहरुको भलाईका लागी आवाज उठाउने, श्रमिकहरुको हकहितको रक्षागर्दै उनिहरुमाथि हुने अन्याय, अत्याचार तथा थिचोमिचोका विरुद्ध आवाज बुलन्द गर्ने र नेपालीहरुमाथि आईपर्ने विभिन्न खालका समस्या समाधानमा पहलकदमी लिने, केही रचनात्मक, श्रृजनात्मक तथा मनोरञ्जनात्मक कामहरु गरी इजरायलमा रहेका सम्पुर्ण नेपालीको सुख र दुखको साथीका रुपमा इजरायलमा क्रियाशिल हुने अठोट गरे ।
कार्यक्रम का बिषेस अतिथी सङघिय समाज ९नेफेसो० इजरायल अध्यक्ष पासाङनोर्बु शेर्पाको सलाहकार सुन्दर लामा तामांग अन्तराष्ट्रिय नेपाली समाज इजरायल अध्यक्ष तेज श्रेष्ठ,एनआरएनए इजरायल कि बरिस्ट उपाध्क्ष शान्ता ज्ञवाली नमस्ते नेपाल सामाजिक सस्था बरिस्ट उपाध्क्ष गणेश गिरीले कार्यक्रम शुभकामना मन्तब्य दिनु भयको थीयो । एकदमै सौहर्द वातावरणमा सम्पन्न कार्यक्रमको सञ्चालन संगठनकी सचिब लक्ष्मी अनुरागीले गरेकी थिइन । इजरायलमा बसोबास गरिरहेका नेपालीहरुलाई एकताबद्ध बनाउँदै यस अवसरमा एक आपसमा भेटघाट गर्ने र भाइचारा सम्बन्धलाई बढावा दिन चियापान कार्यक्रम गरिएको प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायलका सदस्य शिव राज खड्काले जानकारी दिए ।