रेशम थामी,टोकियो । नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्तोले आयोजना गरेको तिहार शुभकामना तथा देउसी भैलो कार्यक्रम २०७५ सम्पन्न भएको छ ।
शनिवार जापानको टोकियोस्थित रोयल गार्डेनको हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
नेपालीहरूको दोस्रो ठुलो पर्व तिहार हिन्दु संस्कार अनुसार हिजो शुक्रवार भाईटिका लगाएपछी समापन भएपनी प्रवासको समयलाई मध्यनजर गर्दै नेपाल मगर संघ जापान कान्तोले एकआपसमा भेंटघाट गरी शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल मगर संघ जापान केन्द्रीय समिति अध्यक्ष नवीन थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जापानका महासचिव शान्तकुमार पहरी,किराया जापानका अध्यक्ष राजकुमार राई, नेपाल मगर संघ जापानका सल्लाहकार ,संरक्षकहरूको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाका अध्यक्ष रीत राना मगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा मगर तथा ग़ैर मगरहरूको उपस्थितिमा देउसीभैलो र नाचगान गरी कार्यक्रम सम्पन्न भएको थियो ।


