शनिबार, बैशाख १९, २०८३

बालुवाटारमा शुभ साइतमैं प्रधानमन्त्री ओलीको भाइटीका

काठमाडौं । नेपालीहरुको दोस्रो पर्व तिहारको भाइटीका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमै लगाएका छन् ।
आज शुक्रवार ११ बजेर ५५ मिनेटको शुभ साइतमै प्रधानमन्त्री ओलीले दुई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् ।

केहि दिन अघि विरामी भई हस्पिटलवाट छुटेका प्रधानमन्त्री आलेलाई चिकित्सकहरूले आराम गर्नु भनेकाले स्वास्थ्यलाई ख्याल गर्दै भाइटीका बालुवाटारमै तय गरिएको थियो ।
प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवनमा र माहिली बहिनी कमलादेवी झापाको काँकडभिट्टामा बस्दछन् । उनीहरु दुवैलाई काठमाडौं बोलाइएको थियो ।

प्रधानमन्त्री ओलीले शुभ साइतमै भाइटीका लगाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।