शनिबार, बैशाख १९, २०८३

पराराष्ट्रमन्त्री ज्ञवालीको सात सदस्यीय टोली जापानको औपचारिक भ्रमणमा आउने

जापान । नेपालका पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापानको औपचारिक भ्रमणमा आउनु हुने भएका छन् ।
जापान सरकारको निमन्त्रणामा नोभेम्वर १८ मा ७ सदस्यीय टोलीको नेतृत्व गरी मन्त्री ज्ञवाली जापान भ्रमणमा आउन लागेको हो ।
मन्त्री ज्ञवाली नोभेम्बर १८ बिहान टोकियो आइपुग्ने नेपाली राजदूतावास जापानले जनाएको छ । नोभेम्बर १८ को दिउसो मन्त्री ज्ञवाली गैरआवासीय नेपाली संघ जापानको स्वागत तथा लन्च कार्यक्रममा सहभागी हुने र सोही दिन साँझ नेपाली दूतावासको स्वागत तथा डिनर कार्यक्रममा सहभागी हुने छन ।
पराराष्ट्रमन्त्री ज्ञवाली जापानका समकक्षीको निमन्त्रणामा औपचारिक भ्रमण गर्न लागेको र मन्त्री ज्ञवाली नोभेम्बर १८ देखि २२ अर्थात मंसिर २ देखि ६ सम्म जापानको औपचारिक भेंटघाटमा रहने नेपाली राजदूतावास टोकियोले जनाएको छ ।
मन्त्री ज्ञवालीले आर्थिक सहयोग,नेपालमा लगानी लगाएत दुईपक्षीय विविध बिषयमा छलफल गर्न औपचारिक जापान भ्रमणमा आउन लागेका हुन ।
मन्त्री ज्ञवालीको जापान भ्रमणको टोलीमा मन्त्री ज्ञवालीसहित धर्म पत्नी,पराराष्ट्र मन्त्रालयका सह-सचिव,दुई उप-सचिव,लगानी वोर्डका प्रतिनिधि,अर्थ मन्त्रालयका उप-सचिव जापानको औपचारिक भ्रमणमा आउन लागेका हुन ।