शनिबार, बैशाख १९, २०८३

राप्रपा एकताको लागि कमल थापा र डा.प्रकाशचन्द्र लोहनीबीच वार्ता

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा र एकीकृत राप्रपा (राष्ट्रवादीका) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीबीच बुधबार करिब डेढ घण्टा वार्ता भयो ।

गत मंगलबार मात्रै राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेरसँग पनि कमल थापाले एकता वार्ता गरेका थिए । उक्त वार्तामा पार्टी एकताको आधार महाधिवेशनलाई मान्ने र शीर्ष नेतृत्व तहमा अध्यक्ष मण्डल रहने सहमति भएको जनाइएको छ । तर, मंगलबार जस्तो सहमति बुधबार राप्रपा राष्ट्रवादीसँग भने कुनै हुन सकेन ।

तथापि, दुई अध्यक्षबीचको वार्ता निकै सकारात्मक रहेको राप्रपा राष्ट्रवादीका सह-प्रवक्ता जनकराज पाठकले बताए । ‘तीन वटै राप्रपाबीच पार्टी एकता गरेर जानुपर्छ भन्ने सैद्धान्तिक सहमति भएको छ’, उनले भने, ‘तर अब कुन मोडेलमा कसरी एकता गर्ने भन्ने विषयमा अर्को चरणमा छलफल गर्ने सहमति भएको छ ।

बुधबार लोहनी र र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाबीच पनि करिब एक घण्टा कुराकानी भयो ।

महाराजगञ्जस्थित एक होटलमा भएको छलफलमा एकीकरणका लागि कमल थापाले देखाएको सक्रियता र आगामी रणनीतिका सम्बन्धमा छलफल भएको एक नेताले जानकारी दिए ।