शनिबार, बैशाख १९, २०८३

नेपाली कांग्रेसको निर्णय : गच्छदारलाई उपसभापतिमा मनोनित

काठमाडौं । लोकतान्त्रिक फोरमबाट आएका विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसको उपसभापतिमा मनोनित गरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित र महासमिति बैठकको नयाँ मिति तय गरेको हो । नेपाली कांग्रेसले महासमिति बैठकको मिति सारेको छ । अब महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने छ ।

यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो ।

तिहार, छठलगायतका चाडपर्वहरू संघारमा आएकोले महासमिति बैठकको मिति सारिएको कांग्रेस जनाएके छ ।

बैठकले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ । बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस औपचारिक रूपमा एकता भएको घोषणा गरेको छ । एकताका लागि पार्टी सभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरेको छ ।