शुक्रबार, बैशाख १४, २०८१

गायक अमृत खातीको तिहार कोसेली “हजुरको आँगनी” (भिडियो)

काठमाडौं । तिहारको उपलक्षमा चर्चित गायक अमृत खातीले देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरुलाई शुभकामना सहित चर्चित गायक गायिका संगको सहकार्यमा तिहार गित हजुरको आँगनीमा नामक म्युजिक भिडियो युट्युब मार्फत सर्बजानिक गरेका छन ।
गित पुर्ण मनोरन्जनात्मक रहेको छ भने परम्परागत चाडपर्वको बारेमा गितले सन्देस पनि प्रवाह गरिएको छ ।
खाती स्वयं सहित चर्चित गायक गायिका उमा श्रेष्ठ ,डिबी लोप्चन,भिमसेन खतिवडा,स्मृती गौतम,बिन्दा परियारले गाउनु भएको उक्त गितमा सङ्गीत र शब्द भने पुराना सर्जक माधव प्रधानले गर्नु भएको छ।
माधव प्रधान,सृजना खनाल,सन्जीव ठकुरी,टीका जैसी,प्रियङ्का नेपाली,कुमार सुनेलको अभिनय रहेको उक्त गितमा नेरिक एकेडमीका बिद्यार्थीहरुको नृत्य रहेको छ ।
गोरखा चौतारी म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको उक्त गितको निर्देशन भने बिक्रम चौहानले गर्नु भएको छ । तिहारको खुशीयालीमा नाच्ने खालको उक्त गितको छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिकले गर्नु भएको छ ।