बुधबार, बैशाख १९, २०८१

नमो क्षेत्रपाल आयुर्वेदको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । स्वयम्भूमा रहेको धन्वन्तरि दिवसको उपलक्ष्यमा शुभदिपावली तथा छठ पर्व २०७५ को शुभकामनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

आयुर्वेद प्राकृतिक तथा मौलिक चिकित्सा उपचार पद्धति हो १ यसको उपयोग गरौ अनि सँधै स्वस्थ रहौं ’ भन्ने नाराका साथ गत असोज २० गतेदेखि संचालनमा आएको यस संस्थाले यसअघि पनि शुभारम्भकै दिन पनि निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण आयोजना गरेको थियो ।

सोमबार स्वास्थ्य शिविरमा करिब ४ सय जनाले उपचार गराएका नमो क्षेत्रपाल आयुर्वेदले जनाएको छ । स्वयम्भू बुद्धपार्कस्थित नमो क्षेत्रपाल आयुर्वेदको प्रांगनमा स्वास्थ्य परिक्षण आयोजना गरिएको थियो । उक्त निःशुल्क स्वास्थ्य शिविरमा पाइल्स, फिस्टुला, फिसर, जन्डीस, ग्याष्ट्रिक, अल्सर तथा कब्जियतको जाँच गरिएको थियो ।
त्यस्तै, पिनास, माइग्रेन, डराउने, मन आत्तिने, अनिद्रा, स्त्रीरोग, धातु तथा यौन रोग, मुत्ररोग, जोर्नी दुख्ने, हात खुट्टा पोल्ने, सिल्का हान्ने, बाँउडिने, नशाको समस्या, बाथ रोग तथा युरिक एसिडको पनि जाँच गरिएको संचालक खत्रीले जानकारी गराए ।

त्यस्तै, उच्चरनिम्न रक्तचाप, मधुमेह, मोटोपना घटाउनेरबढाउने, सेतो दुवी, चाँया पोतो, डण्डिफोर, पेटमा हुने सेतो धर्सा लगायत विभिन्न रोगहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।निःशुल्क जाँचपछि कतिपय औषधिमा भारी छुट समेत दिएको थियो ।

आगामी दिनहरुमा दुरदराजका दुःखी गरिवहरुलाई लक्षित गरी देशका विभिन्न स्थानमा यस्ता स्वास्थ्य शिविर आयोजना गर्ने तयारी गरिएको संस्थाकी अध्यक्ष समिता केसीले जानकारी दिनु भयो ।