काठमाडौं । वरिष्ठ मानव अधिकारवादी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरिएको छ । आइतबार निधन भएका वरिष्ठ मानव अधिकारवादी एवं वामपन्थी नेता तुलाधरको पार्थिव शरीरमा रक्षामन्त्री ईश्वर पोखरेलले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
पार्थिव शरीरमा विभिन्न पार्टीका नेतालगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । आइतबार निधन भएका पूर्व मन्त्री तुलाधरको सोमबार अन्त्येष्टि गरिएको हो । तुलाधरको काठमाडौको शोभाभगवतीमा नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।
त्यस्तै प्रधानमन्त्री केपी ओलीले तुलाधरको परिवारलाई समवेदना सन्देश पठाएका थिए । त्यस्तै नेकपाका नेताहरु प्रचण्ड, माधव नेपाल, नयाँशक्तिका डा बाबुराम भट्टराईलगायतका नेताहरुले श्रद्धान्जली अपर्ण गर्नुभएको थियो ।

