बनेपा । काभ्रेपलाञ्चोक कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शनिवार राति उक्त घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् ।
काभ्रेपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना १ क ९५२४ नं को खाली ट्रक अनियन्त्रित भई सडकबाट करीब १०० फिट तल खस्दा भुम्लु गाउँपालिका–६, कोलाँतीका २९ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिएका छन् ।
दुर्घटनामा भुम्लु गाउँपालिका–६ का ट्रकचालक ३० वर्षीय सरोज पहरी, २९ वर्षीय विष्णु पहरी, ३५ वर्षीय नीरबहादुर शिवभक्ति,विशाल पहरी, २७ को श्रीकृष्ण पहरी गम्भीर घाइते भएका छन् । गम्भिर घाईते श्रीकृष्ण पहरीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

