बिहिबार, बैशाख १३, २०८१

एशिया–प्यासफिक क्षेत्रको सम्मेलन हङकङमा हुने,तयारी तिव्र

लन्डन । गैरआवासीय नेपाली संघका विभिन्न पाँच क्षेत्रका चार वटा क्षेत्रका क्षेत्रीय सम्मेलन सम्पन्न भइसकेका छन् । एनआरएनको विज्ञ सम्मेलनको तयारीस्वस्प शूरु गरिएका अमेरिकाज्, युरोप, मध्य पूर्व र ओसनीय क्षेत्रले विज्ञ सम्मेलनमा सोही अनुरुप सहभागित जनाए भने अन्य क्षेत्रले आफना एनसिसीमार्फत आफना विज्ञहरु छनौट गरि पठाए ।

अब यो वर्ष हुने सम्मेलन अफ्रिका र एसिया प्रशासन्त क्षेत्र गरि दुई क्षेत्रीय सम्मेलन बाँकि छ । जसअन्तर्गत एशिया–प्यासफिक क्षेत्रको सम्मेलन यही आउँदो डिसेम्बर ८ र ९ तारिखका दिन हुँदैछ । एशिया–प्यासफिक क्षेत्रको छैठौ सम्मेलनको रुपमा रहेको सो सम्मेलन हङकङस्थित हार्वर ग्राण्ड कौलँन होटलमा डिसेम्बर ८ र ९ तारिखका दिन हुने भएको हो ।

एनआरएनए हङकङ अध्यक्ष एवंम सम्मेलन आयोजक समिति सचिव राधिका गुरुङ (टिका) का अनुसार सम्मेलनको मुल नारा ‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्व सहित गैर–आवासीय नेपालीलाई अधिकार’ तय गर्दै तयारी अगाडि बढाइएको लन्डन नेपाल न्यूजलाई जानकारी गराइन ।

उनका अनुसार सम्मेलनमा चीन, हङकङ, जापान, मकाउ, मलेशिया, म्यान्मार, फिलिपिन्स, साउथ कोरिया, सिङ्गापुर, थाइल्याण्डलगायतबाट दुई सयजनाको हाराहारीमा सहभागिता रहनेछ । सम्मेलनको पहिलो दिन प्रतिनिधि दर्तालगायतका कार्यालय सम्बन्धी कार्यक्रम रहने छ भने दोश्रो दिन बैठक सम्पन्न गरिने कार्यक्रम रहेको छ । बैठकको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीद्धारा गरिने तय भएको छ ।

उक्त बैठक तयारीका लागि क्षेत्रीय संयोजक किरण थापा, सहसंयोजकद्वय विनोद कुँवर र पारसमणी पोख्रेल र प्रत्येक देशका अध्यक्षसहितको समिति रहेको छ । आयोजकको नाताले एनआरएनए हङकङकी अध्यक्ष राधिका गुरुङ बैठक आयोजक समितिको सचिव रहेकी छन् ।

बैठकलाई सफलताका साथ सम्पन्न गर्न स्थानीय रुपमा अध्यक्षको संयोजकत्वमा कार्यसमिति, संरक्षक समिति, सल्लाहकार समितिलगायत सम्मिलित एक सय एघार जनाको तयारी सहयोग समितिको गठन गरिएको छ ।@londonnepalnews