काठमाडौं । काठमाडौं महानगरपालिकाले स्मार्ट शौचालयको अवधारणा अघि सारेको छ । महानगरका विभिन्न स्थानमा सार्वजनिक प्रयोजनका लागि ‘रोटोमोल्डिंङ’ प्रविधिबाट निर्मित स्मार्ट शौचालय राख्ने महानगरपालिकाको योजना छ ।
बद्लिँदो युगलाई आत्मसाथ गर्दै स्मार्ट शौचालयको अवधारणा अघि सारिएको हो । आउँदो कार्यपालिकाको बैठकमा स्मार्ट शौचालयको अवधारणा पेश गरिने महानगरपालिकाको सार्वजनिक नीजि साझेदारी महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए ।
स्माट ट्वाईलेट निर्माण्का लागि तीन वटा अवधारणा अघि सारिएको छ । प्रत्येक बैंक वा कुनै व्यापारिक प्रतिष्ठानलाई महानगरपालिकाले अघि सारेको अवधारणा अनुसार एउटा स्मार्ट ट्वाईलेट बनाउन प्रस्ताव गर्ने तयारी छ । यसबाहेक महानगर स्वयंले निर्माण गरी सञ्चालन गर्ने वा टेण्डरमार्फत निश्चित समय अवधि राखेर सञ्चालन गर्ने योजना छ ।
प्रस्तावित शौचालय धेरै टिक्ने तथा मजबूत हुनुका साथै सुर्यबाट आउने हानिकारण युभी विकिरणहरुबाट समेत यो सुरक्षित हुने बताइएको छ ।

