भैरहवा । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको कालोपत्रेको काम आजबाट सुरु भएको छ । भैरहवामा निर्माणधिन बिमानस्थलमा मंगलबार नेपाल सरकारको पर्यटन मन्त्री रबिन्द्र अधिकारीले पिच कामको सुरुवात गर्नुभयो ।
२०१९ को जुलाई १६ अघि नै संचालनमा ल्याउने लक्ष्य राखिएको बिमानस्थलमा रहेको ३ किमी रन वेको सव बेस लेयर र बेस लेयर पूरा गरेर अहिले आयोजनाले पिचको काम सुरु गरेको हो । २०७१ माघमा सिलन्यास भएको बिमानस्थल २०७४ पुस मसान्त भित्र पूरा गर्नुपर्ने भएतापनि बिभिन्न अवरोधका कारण हुन सकेको छैन । पछिल्लो समय भने बिमानस्थलको निर्माणको काममा तीव्रता आएको छ । अहिलेसम्म बिमानस्थलमा निर्माण कार्य ५५ प्रतिशत सकिएको छ ।
विमानस्थल निर्माण कार्यअन्तरगत अहिले निर्माण भइरहेको रन वे १ दशमलव २५ मिटर उचाई, ३ हजार मिटर लम्बाई तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइतर्फ दुवै किनारमा १५-१५ मिटर छाडिने छ । तीन हजार मिटर लामो रन वेको दुवैतिर तीन सयरतीन सय मिटर विमान सुरक्षाका लागि रन वे एण्ड सेङ्खटी एरिया (रेसा) निर्माणको पनि काम भइरहेको छ ।
सरकारले रनवे पिचको काम ६ महिना भित्र पूरा गर्न आयोजनालाई निर्देशन दिएको जानकारी मन्त्री अधिकारीले दिनुभयो । पिचको काम ४ महिना भित्र पूरा गर्ने लक्ष्य रहेको जानकारी आयोजनाका निमित्त प्रमुख इन्जिनियर प्रवेश अधिकारीले भनाई छ । ६ महिनापछि बिमानस्थलको रनवे सकिएपछि आन्तरिक उडान सुरु हुने जानकारी दिँदै मन्त्री अधिकारीले आन्तरिक उडानपछि सबै पक्रिया पूरा गरेर अन्तराष्ट्रिय उडान सुरु बताउनु भयो ।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको रनवे पिच गर्ने काम आज वाट सुरु भएको छ । अवको ६ महिना भित्र रनवेको पिच सम्पन्न हुने छ ।

