शनिबार, बैशाख १९, २०८३

विजया दशमीको टिका आज,बिहान ९:५१ मिनेटको साइत

काठमाडौँ । नेपालीहरूको महान पर्व विजया दशमीको मुख्य दिन टिका आज कात्तिक २ गते हो  । 

आजको टिकाको लागी देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ  ।

यो दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यो मुख्य साइत भए पनि दसैं अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाइएको छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा मनाएपछि बडादसैं समापन हुनेछ ।