काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र सचिवालय पनि पूनर्गठन हुने घोषणा गरेका छन् । उनले भने,‘अहिलेसम्मको समिक्षा गर्दा प्रधानमन्त्री केपी शर्मा ओली सफल हुनुभएको छ । र, आगामी दिनमा पनि सफल हुनुहुन्छ । ७ महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दैहुनुहुन्छ ।
नेता बस्नेतले दशैंलगत्तै सरकारले केही लोकप्रिय कार्यक्रमहरु ल्याउने पनि जानकारी दिए । उनले भने,‘सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ । र, सरकारले समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पूर्नगठनको कुरा होस या मन्त्रिमण्डल पूर्नगठन गर्ने कुरामा पनि ध्यान दिनेछ । प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यान दिनेछ ।’
उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग जनता अहिले खुशी रहेको विश्वास दिलाए ।

